नेपाली समय: ०२:२८:१३ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

प्रधानमन्त्रीद्वारा नागढुंगा–नौबिसे सुरुङमार्गकाे शिलान्यास

निर्माण सञ्चार, ४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरूङमार्गको शिलान्यास गरेका छन्। काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकमा भएको एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन् ।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहकाे थियाे । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो ।

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा एक कार्यक्रमका बीच नागढुंगा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ।

करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने छ अर्ब रुपियाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।  

नागढुंगा सुरुङमार्गको शिलान्यास प्रधानमन्त्रीले गर्दै



प्रकाशित: २०७६ कार्तिक ४
October 21st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार