नेपाली समय: ०१:४८:०९ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

उपत्यकाका मुख्य सात चोकमा ओभरहेड र अण्डरपास 

निर्माण सञ्चार, ६ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य सात चोकमा  ओभरहेड (आकाशमार्ग)  र अण्डरपास  विथ टनेल (सुरुङमार्ग)  बनाउने प्रस्ताव अगाडि सरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकाका मुख्य सात चोकमा ओभरहेड र अण्डरपास  विथ टनेल  बनाउने प्रस्ताव अगाडि सारेको हो।

मन्त्री रघुवीर महासेठका अनुसार यो प्रस्ताव सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश गरिएको मन्त्रालयले जनाएको छ ।मन्त्री महासेठले काठमाडौं उपत्यकाको विकासका लागि योजना बनिसकेको जिकिर गरे। उनले भने,‘कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड ब्रिज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव छ ।’

मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए । नयाँ काठमाडौं बनाउने लागेको भन्दै उनले यदि काम गर्न नसक्ने छोडेर जाने समेत बताए ।

काठमाडौं बाहिर जति काम गरे पनि उपत्यकामा सरकार आलोचित हुने गरेको भन्दै मन्त्री महासेठले भने, ‘आज काम गर्ने वातावरण बनेको छ बढीमा फागनु मसान्तभित्र नयाँ काठमाडौं हेर्न पाउनु हुनेछ ।’

OOO

 

पढौं यो पनि

ललितपुरमा फ्लाइओभर निर्माणको अध्ययन हुँदै



प्रकाशित: २०७६ कार्तिक ६
October 23rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार