नेपाली समय: ०६:२७:२६ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

भारतमा तीन नेपाली मजदूरको निर्मम हत्या!

बैतडी - भारतको पिथौराजढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शव फेला भेटिएको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।

श्रीमतीसहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी गरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाई वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताइएको छ ।

हत्या गरिएका हरिश बोहराकी श्रीमति किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको बताईएको छ ।

नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा ती वटा शव फेला परेको भारतीय संचारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’की अभियन्ता तनुजा पोखरियालले जानकारी दिइन् ।

पोखरीयालले भनिन्, ‘घटना निकै निर्मम देखिन्छ । हत्याको अनुसन्धान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरिएको छ । नेपालबाट कामको खोजीमा श्रीमतीसहित भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन्’

हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो ।

फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढ स्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते अबेर मात्रै जानकारी पाएकोले सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको परिवारले बताएका छन् । स्रोतः गोरखापत्र दैनिक



प्रकाशित: २०७६ कार्तिक ११
October 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार