नेपाली समय: ०६:५२:५६ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

गौरमा गोली चल्दा गम्भीर घाइते भारतीय नागरिककाे थप उपचारकाे लागि विरगञ्ज रेफर

निर्माण सञ्चार, १३ कात्तिक, काठमाडाैँ । रौतहटमा गाेली चलेकाे छ। सदरमुकाम गौरमा गोली चल्दा एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा भारतको बिहार राज्य घर भएका ४५ वर्षीय विजय शाह रहेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनको पेटमा गोली लागेर घाइते भएका हुन्।

उनकाे राैटहटमा उपचार हुन नसकेपछि थप उपचारकाे लागि विरगञ्ज रेफर गरिएकाे छ। कपडा तस्करले गोली प्रहार गरेको घाइते शाहले आरोप लगाएका छन्। गौरको वडा नं ३ स्थीत विद्युत प्राधिकरण अगाडी गोली चलेको थियो। घइते शाहका अनुसार गोली हान्ने पनि भारतीय नागरिक नै हुन्। उनका अनुसार गोली हान्ने भारतीय नागरिक नरेश राम हुन्।

आन्तरिक विवादका कारण गोली प्रहार भएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक डिएसपी नविन कार्कीले जनाकारी दिए।

याे पनि पढाैँ

रौतहटको सदरमुकाम गौरमा गोली चल्याे!



प्रकाशित: २०७६ कार्तिक १३
October 30th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार