नेपाली समय: ०३:३२:१२ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

अब ब्याट्रीबाट पनि हवाइजहाज: चीनले उडायो ब्याट्रीबाट बनेको ‘प्लेन’

निर्माण सञ्चार, १४ कात्तिक, एजेन्सी । संसारका धेरै देशको ध्यान प्रविधिको बिकास संगै अहिले बिजुलीबाट चल्ने कार बनाउन र चलाउनमा छ।

केही कम्पनीले उड्ने ट्याक्सी बनाउने प्रयास जारी राखेका छन्। हाम्रो उत्तरी छिमेकी चीन भने यो मामिलामा एक कदम अघि बढेको छ । उसले ब्याट्री उड्ने प्लेन बनाएको छ।

प्रविधि नयाँ नयाँ

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ। आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो।

१२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ । ८.४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न सक्छ।

जहाजका पखेटा साढे १३ मिटर लामा छन्। तौल कम गर्न जहाजका अधिकांश पाटपुर्जा कार्वन फाइबरबाट बनाइएको छ।

प्लेन मुख्य रूपमा छोटो दूरीका उडान र पाइलटको तालिम, दश्यावलोकन, एरियल फोटोग्राफी, एरियल म्यापिङलगायतका काममा प्रयोग हुनेछ।



प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार