नेपाली समय: ०६:३८:४९ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

सन्राइज बैंक लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

निर्माण सञ्चार, १५ कात्तिक, काठमाण्डौं । सन्राइज बैंक लिमिटेडको १२ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा कात्तिक १५ (शुक्रबार) साधारण सभा सम्पन्न भएको हो ।

उक्त्त साधारण सभाले बैंकको हालको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने रु. ४७,२८,४८,२३९/३६ (अक्षरेपी सतचालीस करोड अठ्ठाईस लाख अठ्चालीस हजार दुई सय उनान्चालीस रुपियाँ र पैसा छत्तीस मात्र) बराबरको

नगद लाभांश वितरण (बोनस शेयर र नगद लाभांश कर प्रयोजनार्थ समेत र १० प्रतिशतका दरले हुने रु. ८१,५२,५५,५८५/१० (अक्षरेपी एकासी करोड बाउन्न लाख पचपन्न हजार पाँच सय पचासी रुपियाँ र पैसा दश मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको  ।

व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैंकले  ०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अर्ब १५ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर समेत रु. ८,९६७,८११,४३६ कायम भएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्य सहित बैकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४३ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रकाशित: २०७६ कार्तिक १५
November 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार