नेपाली समय: ११:०४:२६ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

डा. भगवान् कोइरालालाई मेडिकल काउन्सिलको जिम्मेवारी

निर्माण सञ्चार, १७ कात्तिक, ०७६, काठमाडौं । मुटुरोग विशेषज्ञ तथा जनसाधारण बीच ‘लोकप्रिय’ छवि बनाएका डा भगवान् कोइरालाले मेडिकल काउन्सिलको जिम्मेवारी पाएका छन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले डा कोइरालालाई उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा डा कोइराला केन्द्रीय बाल अस्पताल खोल्ने योजना सहित अघि बढेपछि स्वदेश तथा विदेशबाट समेत उनलाई समर्थन थियो । उनले खोल्ने भनिएको सो बाल अस्पतालका लागि सरकारले जग्गा उपलब्ध गराइसकेको अवस्था समेत छ

यस अघि गठित शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा गठित सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा समेत नाम सिफारिस गरेको थियो । 

तर, डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयमा उपकूलपति भन्दा सोही क्षेत्रको जिम्मेवारी दिँदा नेपालको मेडिकल क्षेत्रमा भइरहेका बेथिति अन्त्य हुनसक्ने प्रधानमन्त्रीको सुझाव पछि उनलाई मेडिकल काउन्सिलको जिम्मेवारी दिइएको स्रोतको दाबी छ ।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका लागि प्रधानमन्त्री ओलीले फरक अडान राखेका छन् । 

सिफारिसको पहिलो नम्बरमा परेका डा कोइरालालाई मेडिकल काउन्सिलको जिम्मेवारी दिएपछि अब दोस्रो नम्बरमा रहेका धर्मकान्त बास्कोटाको नाम चर्चामा छ ।

बास्कोटा पछि तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम रहेको छ ।

त्रिवि, नेपाल संस्कृत लगायत मुलुकका सबै विश्वविद्यालयहरुमा उपकुलपति पद रिक्त छ । तर, आइतबारको मन्त्रिपरिषद् वैठकले भने उपकुलपति नियुक्तिबारे कुनै निर्णय गरेको छैन ।

डा कोइराला

डा भगवान् विशेषतः मुटुरोगीहरुका नजरमा भगवान् सरह नै छन् । उनकै भूमिकामा गंगालाल अस्पताललाई मुटु रोग उपचारको केन्द्र बन्न सकेको हो भन्ने आम बुझाइ छ । 

त्यति मात्र नभई डा कोइराला त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज र मनमोहन कार्डियोथोर्यासिक सेन्टर स्थापनामा पनि नेतृत्वदायी भूमिका खेलेकोले चर्चामै रहन पुगे ।

डा कोइराला आफैंमा प्रशासनिक तथा विषय विशेषज्ञका रुपमा चिनिन्छन् ।

पछिल्ला दिनमा डा कोइराला केन्द्रीय बाल अस्पताल खोल्ने योजना सहित अघि बढेपछि स्वदेश तथा विदेशबाट समेत उनलाई समर्थन थियो । 

उनले खोल्ने भनिएको सो बाल अस्पतालका लागि सरकारले जग्गा उपलब्ध गराइसकेको अवस्था समेत छ ।

 

 

०००

पढौं यो पनि



प्रकाशित: २०७६ कार्तिक १७
November 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार