नेपाली समय: ०१:५०:०९ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाः १३ औं वार्षिक साधारणसभा सम्पन्न

निर्माण सञ्चार, १८ कात्तिक, काठमाडौं ।ललितपुरको सिद्धिविनायक कृषि बहुउद्देश्यीय सहकारी संस्थाकोे १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीको विकास र प्रबर्धनका लागि सहकारी संस्थाको गतिविधिलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने बताए ।

प्रमुख अतिथिका रुपमा सह–अध्यक्ष पौडेलले सहकारी कानूनलाई अझ बढि सहकारीमैत्री बनाउने कार्यमा लागि पर्ने भन्दै सहकारी मार्फत उत्पादित कृषि उत्पादनको संकलनका लागि कृषि उत्पादन संकलन केन्द्र निर्माण गरी अघि बढ्नु पर्नेमा जोड दिए ।

जिल्लाको महालक्ष्मी नगरपालिका वार्ड–९ मा सञ्चालित उक्त कृषि बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा लिमिटेडका अध्यक्ष शशिधर पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

अतिथिहरुमा राष्ट्रिय सहकारी महसंघका सञ्चालक तथा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, नेपाल केन्द्रिय उपभोक्ता सहकारी संघका अध्यक्ष दिपकराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ९ नम्बर वडाका वडाध्यक्ष बासुदेव शर्मा, जिल्ला कृषि सहकारी संघका उपाध्यक्ष दिल नापित लगायत कार्यक्रममा उपस्थित थिए ।

 
कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले ५४२ जना सदस्यबाट शेयर पूँजी ४८,२५,४००। संकलन गरेको छ भने निक्षेप संकलन २,६८,२८,७६४। रहेको जानकारी गरायो ।

कर्जा लगानी २,५३,२३,५६३ रहेको यस सहकारीले सदस्यहरुलाई आवश्यक पर्ने रासायनिक मल तथा बिउबीजन उपलब्ध गराउँदै आएको छ । 

आगामी बर्ष संस्थाले कृषि पर्यटन सम्बन्धी कार्यहरु गर्ने लक्ष लिएको छ ।

 

०००

 

 



प्रकाशित: २०७६ कार्तिक १८
November 4th 2019

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ