नेपाली समय: ०१:४७:३१ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

सरकारले भ्रमण बर्ष लक्षित प्याकेज सार्वजनिक गर्दै, पर्यटकिय क्षेत्रमा एकद्वार प्रणाली लागु हुने

निर्माण सञ्चार, २१ कात्तिक, काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भ्रमण बर्ष लक्षित प्याकेजहरु घोषणा गर्ने भएको छ ।

हाल पर्यटकिय क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकहरुलाई प्रवेश शूल्क घटाउन ब्यवसायीहरुले माग गरिरहंदा सरकारले भने भ्रमण बर्ष लक्षित प्याकेजहरु घोषणा गर्ने तयारी गरिरहेको छ ।

सरकारले विभिन्न पर्यटकिय गतव्यको कुन क्षेत्रमा कस्तो प्याकेज सार्वजनिक गर्ने भनेर छलफल गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जानकारी दिएका छन ।

 पछिल्लो दिनहरुमा विभिन्न पर्यटकिय क्षेत्र उपल्लो मुस्ताङ, डोल्पा लगायतका  ठाउँहरुमा सरकारले विदेशी पर्यटकलाई महंगो प्रवेश शुल्क लिएको भन्दै सो क्षेत्रका पर्यटन ब्यवसायीहरुले उक्त शुल्क घटाउन सरकारसँग माग गरेको थियो ।

सो क्षेत्रहरुमा सरकारले एकद्धार प्रणाली मार्फत शुल्क उठाउन सकिन्छ, वा कतिलाई छुट दिन सकिन्छ भनेर गृहकार्य भइरहेको प्रवक्ता तामाङले बताए ।

अहिले सरकारले एकद्धार प्रणाली मार्फत शुल्क निर्धारणको लागि छलफलको चरणमा रहेकाले केही समय पछि सबै जानकारी आउने तामाङले बताए ।

 हाल उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशी पर्यटकले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई ५ सय डलर तिरेर १० दिनका लागि अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।
सो अवधि भन्दा बढि बस्नुपर्दा कारण खुलाएर प्रतिदिन ५० डलरका दरले अतिरिक्त शुल्क बुझाउनु पर्ने ब्यवस्था रहेको छ ।

 

 

000
 



प्रकाशित: २०७६ कार्तिक २१
November 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार