नेपाली समय: ०२:०३:४२ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

'एकै गाउँमा जिउँदाको जन्ती र मर्दाको मलामी जादैनन्'

निर्माण सञ्चार, २२ कात्तिक, जुम्ला । तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा मंगलबार साँझ पुग्दा गाउँको एक तर्फी झिलीमिल बत्ति बलिरहेको थियो । भने, अर्को तर्फ अध्याँरो थियो । अचम्म त लागिरहेको थियो, एकै गाउँमा कतै उज्यालो कतै अध्याँरो देखेर । हिड्दै जाँदा सोहि गाउँका १२ वर्षीय  बालक मिलन बस्नेत भेटिए । उनलाई सोध्दा, सिधै काँग्रेसका घरमा बत्ति छ, नेकपाका घरमा बत्ति छैन् भने।

बस्नेत गरेको कुरा सुनेर अचम्म लाग्यो । सायद सुन्दा सबैलाई अचम्मनै लाग्न सक्छ । तर तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा नेकपा र काँग्रेसको राजनीतिले दशकौदेखि जिउँदाको जन्ती र मर्दाको मलामी नचल्ने गरी राजनीति भइरहेको रहेछ । बुधबार विहानै जुम्लाकोट गाउँका भद्र भलादमीदेखि नेकपा र काँग्रेसका नेतालाई राखियो । बुझ्दै जाँदा राजनीतिक लडाई गाउँमा २०४७ साल देखि सुरु भएको रहेछ ।

गाउँमा रहेका १ सय ६० घरधुरी मध्ये ४२ घर काँग्रेस र १ सय २८ घरधुरी नेकपा छन् । विवााद हुँदै जाँदा २०६७ सालमा नेपाली काँग्रेसका प्रेम बस्नेत संगै १८ जानले माओवादीमा प्रवेश गरेपछि गाउँमा नेपाली काँग्रेस र नेकपाको लडाई चर्किएको ८ नम्बर वडासदस्य रत्ना बस्नेतले बताए ।

उनका अनुसार सानो कुरामा पनि राजनीतिक विषय जोडेर तरबारसहितको लडाई धेरै पटक भयो । नेपाली काँग्रेस परित्याग गरी माओवादीमा गएको भन्दै काँग्रेसको जग्गमा बसेको भन्दै ८ जना स्थानीय घर छोडेर एकहप्ता मन्दिरमा बास बस्नु परेको पीडित चन्द्रविर बस्नेतले सुनाए ।

एकै गाउँमा पार्टीको बत्ती

२०५७ सालमा जुम्लाकोट गाउँमा एउटै बत्ती थियो । २७ लाखको लागतमा निर्माण भएको २५ किलोवाट बत्तीले १ सय ७० घरधुरी झिलिमिली थिए । २०५७ देखि २०६९ सम्म सबै बत्ती पनि बाले। तर राजनीतिक विवाद चुलिँदै गयो, एमाले माओवादीकाले आफ्नो जगामा पावर भएको, हाम्रै लगानी रहेको भन्दै काँग्रेसका नेताहरुलाई धम्काउन थालेपछि  २०६९ सालबाट नेपाली काँग्रेसले बत्ती बाल्न छाडेको नेपाली काँग्रेसका कार्यकर्ता तथा वडा सदस्य रत्ना बस्नेतले बताए ।

उनका अनुसार २०७१ सालमा तत्तकालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालालामा ३० लाखको लागतमा ९ किलोवाटको विद्युत उत्पादन गरी २०७३ सालबाट बत्ती बाले । बत्तीले काँग्रेसहरुका घर मात्रै झिलीमिली भए । काँग्रेसले ल्याएको बत्ती नेकपालाई नदिने भन्दै लाइन नदिएको समेत बस्नेतको भनाइ छ । नेकपाको बत्ती बिग्रएको झण्डै तीन वर्ष भयो ।

बत्तीको लाइन नदिएपछि अहिले काँग्रेसका घर झिलीमिली र नेकपाका घर अध्यारा हुन्छन् । अधिंकाश ज्वरो बालेर रात बिताउँछन् । रहेक कुरामा मानवियता भन्दा राजनीतिक कुरालाई जोडेर गाउँमा सामाजिक द्धन्द्ध सृजना भइरहेको स्थानीय  हंश बस्नेतको भनाइ छ ।

विवाहको भोज समेत चल्दैन्

जिउँदाको जन्ती र मर्दाको मलामी भन्ने नेपाली उखान छ । सामाजिक एकता र विकासका लागि जिउँदाको जन्ती मर्दाको मलामी आवश्यकताको विषय पनि हो । तर जुम्लाकोट गाउँमा भने, नेकपा र काँग्रेसबीच विवााह भोज चल्दैन् । २०६५ सालमा काँग्रेसका लाल बहादुर बस्नेतको विवाहमा तत्कालिन एमाले र माओवादीका नेताहरु गएनन् ।

त्यसपछि काँग्रेसका कार्यकर्ताले पनि एकै गाउँभित्र बदलाको भावनाले विवाह हुँदा पाटी मिल्दैन् भनेर माओवादी एमालेको विवाहमा नआएको स्थानीय बताउँछन् । राजनीतिक लडाईले भावी आउने पुस्ताको मानसिकतानै बदलिदिएको छ । साना बालबालिका पनि कहिले नेकपा काँग्रेस भनेर लडाई गर्ने गरेका छन् ।

मर्दामा मलामी नजाने राजनीति

मानवियता भन्दा पक्कै पनि राजनीति ठुलो नहोला । तर जुम्लाकोटमा वर्षौैदेखि भइरहेको राजनीतक लडाईले सामाजिक द्धन्द्ध फैलिएको छ । शत्रुभएपनि मर्दा मलामी जाने र आँसु झार्ने नेपाली संस्कारमा राजनीतिले सबै तोडेको ज्वालन्त उदाहरण जुम्लाकोटमा भेटियो । २०६५ साल जेठ महिनामा तत्कालिन माओवादीका मानसिंह बस्नेतको मृत्यु भयो ।

गाउँमा विव्यस गठनका लागि भेला भइरहेको थियो । नेकपाका धनबहादुर बस्नेतले भने,'अध्यक्ष बन्न पार्टीगत विवाद भइरहेको बेला मानसिंह बस्नेतको मृत्युभएपछि, मलामी जान मान्छे पुगेनन् ।' उनले थपे, 'आफै आउनुपर्ने ठाउँमा धेरै पटक विन्ती गर्दा पनि काँग्रेसका कोहि पनि मलामी आईदिएनन् । त्यसपछि काँग्रेस र नेकपाबीच अहिले सम्म मलामी पनि चल्दैन् । तर यता, नेपाली काँग्रेसका कार्यकर्ता जैसिके बस्नेत भन्छन, स्थानीय सरकारको चुनावपछि मलामी जाने तर प्रितिभोज खादैनौ ।'विवाहमा त झन् सिधा नजरले पनि हेर्देनौ उनले उल्लेख गरे ।

यता, नेकपाका नरजित रावतका अनुसार एक पटक गाउँमा मान्छे मर्दा ठिक्क भयो भन्दै काँग्रेस पक्षले बाजासमेत बजाएको आरोप लगाए । पहिलाको जस्तो तरबारको लडाई हुँदैन् तर सामाजिक एकता भन्ने शब्द छैन् । काली काँग्रेस र एमाले बाहेक अरु केही नभएको युवाहरूको भनाइ छ ।

पानी घट् पनि छुटै्

एक दशक पहिले विद्युत जस्तै जुम्लाकोटमा पानी घट्पनि एकै थियो । पछि हुँदा हुँदै घरको बत्तीदेखि खोलाको पानी घट्सम्ममा राजनीति मिसियो । घट्मै गएर पिस्न लिएको अन्नपात समेत फालाफाल भयो । काँग्रेसका बल बहादुर बस्नेतले भने,पानी घट् सबै नेकपाका जग्गाा थिए ।

महिला पुरुष विच लडाइ हुँदा पनि नेकपाले घर घट् हाम्रै जग्गामा छ भन्दै धम्की दिएपछि काँग्रेस पक्षले दुईवटा पानी घट् निर्माण गरी संचालनमा ल्याएका छन् । नेकपाको पुरानै घट् यथावत छ। विवाह हुँदा देखि मर्दा मलामी जाने विषयमा समेत राजनीति मिसाएर गाउँमा राजनीति गर्नेले भावी पुस्तालाई समेत ठुलो खतरामा पारेर गएका छन् । गाउँमा कुनै अन्नपातको अ‍ैचोपैचो समेत चल्दैन् ।

बलबालिकादेखि विकासमा असर

गाउँमा रहेको जागृती विद्यालयमा ५ सय बढी विद्यार्थी छन् । ती मध्य ३ सय नेकपाका र २ सय काँग्रेसका छन् । १२ वर्षीय मिलन बस्नेत भन्छन्,'विद्यालय जाँदा साथीहरु बीच पनि नेकपा र काँग्रेस भनेर बोलचाल नहुने, खाजा समेत बाडेर खादैनौ । उनले थपे बेन्चसमा बस्दा समेत छुट्छुटै बस्ने बस्छौ ।'

गाउँ घरमा कहिले पनि साथी बीच खेल्ने क्रममा पनि एक पाटीबा बालिकाका अर्को पाटीको घरमा जादैनन् । समाजको विकासका लागि गरिने राजनीति उल्टो तरिकाले गर्दा जुम्लाकोटको विकासमा असर परेको छ । एक पाटीले नयाँ योजना ल्याउँदा अर्को विबाद गर्ने प्रबृत्तीले गर्दा विकासमा बाधार पुगेको  स्थानीय हंश बस्नेतले बताए । गाउँमा स्थानीय सरकारको विकासलाई कुनै बाधा नपुगेपनि आपसी विबादले गर्दा ठुलो समस्या भएको ८ नम्बर वडाध्यक्ष सन्तवीर रावतले बताए ।

उनले भने, 'राजनीतिक विबाद मिलाउन नीकै मुस्किल छ।' भाइचारा भावना, समाजिक सदभाव बुझेर आफै मिले मात्रै नत्र कुनै विकल्प नरहेको उनको भनाइ छ । राजनीतिक लडाईको चपेटामा परेर गाउँनै दुई चिरा भईसक्यो आखिर समाजको विकृतीको लागी गरिने राजनीति सबैले त्याग्नुपर्नेमा उनको जोड छ ।

माओबादि बाट वडाध्यक्ष जितेका रावत तर मर्मत हुदै गरेको बत्ति बलेपछि पाटीगत नगरी पुरै गाउँमा दिने समेत बताए । राजनीतिक विबादलाई मिलाउन प्रयास जारी राख्ने समेत उनको दाबी छ।

 

 

000



प्रकाशित: २०७६ कार्तिक २२
November 8th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्