नेपाली समय: ०१:४७:०५ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

उद्योगी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिको पक्राउप्रति चेम्बरको आपत्ति

निर्माण सञ्चार, २२ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योति पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको छ ।

चेम्बरले विज्ञप्ति जारी गर्दै अपराध नै प्रमाणित नभई उजुरीको भरमा विमानस्थलबाट पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट ज्योती र उनकी छोरी सुरुचीलाई प्रहरीले विहीबार साँझ पक्राउ गरेको थियो ।

देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्वमा योगदान गरिरहेका उद्यमीव्यवसायीलाई अमर्यादित व्यवहार गरिँदा सम्पूर्ण निजी क्षेत्र हतोत्साहित मात्र नभई लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न जाने चेम्बरले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।



प्रकाशित: २०७६ कार्तिक २२
November 8th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार