नेपाली समय: ०१:५९:५२ अपरान्ह
वि.सं २०७६ मंसिर २७   शुक्रवार

कलंकी–चावहिल सडकखण्डः ‘साइट क्लियरेन्स’मा भयो समस्या

निर्माण सञ्चार, २४ कात्तिक, काठमाडौं । चक्रपथ अन्तरर्गतको कलंकी–चावहिल सडकखण्डको ‘साइट क्लियरेन्स’मा फेरी समस्या देखिएको छ ।  

सडक विस्तारको लागि साइट क्लियरेन्सको काम तीव्र रुपमा बढिरहेको बेला फेरी महाराजगंजमा समस्या देखिएको हो । 

कुल ११ दशमलव ६ किलोमिटरको सडकखण्डको कलंकी–स्वयम्भु सडकको विभिन्न स्थानका रुखहरु काट्ने काम पुरा भइसकेको छ । 

करिब दुई महिना भित्रमा रुख काट्ने र विद्युतका पोल हटाई साईट क्लियरेन्सको पुरा काम गरिसक्ने सडक विस्तार आयोजना प्रमुख अमृतमणी रिमालले जानकारी दिएका थिय।

दुई महिना भित्रमा साईट क्लियरेन्सको काम पुरा भइसक्ने भनिएको उक्त खण्डको महाराजगंजमा समस्या देखिएको हो । 

सडक विस्तारको लागि विजुलीका पोल, खानेपानी र ढलका पाईप सार्ने, रुख काट्ने लगायतका कामहरु तिब्र रुपमा भइरहँदा महाराजगंजमा  घर भत्काउँनु पर्ने भएकाले फेरी साइड क्लियरेन्समा

समस्या सुरु भएको आयोजनाले जानकारी दिएको छ ।

सडक विस्तारको लागि केहि घरहरु नै भत्काउनुपर्नै अवस्था आएकाले घर भत्काउने या अन्य तरिका अपनाउने भन्ने बारे अध्ययन भइरहेको  रिमालले बताए ।

घरहरु नै भत्काएपनि सोही अनुसारको मुआव्जा दिएर मात्रै घरहरु भत्काउने आयोजनाको योजना रहेको रिमालको भनाई छ ।

मंसिरभित्रमा सडक विभागले साइट क्लियरेन्सको काम पुरा भएपछी पुसबाट चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माणको काम सुरु हुने भनेको थियो । तर अब फेरी महाराजगंजमा रहेका घर हटाउनु पर्ने समस्याले गर्दा साइट क्लियरेन्स समय लम्बिन सक्ने आयोजनाको भनाई छ ।


000 



प्रकाशित: २०७६ कार्तिक २४
November 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार