नेपाली समय: ०६:३१:४२ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

सहकारी बैंकको साधारणसभा पुस ३ गते

निर्माण सञ्चार, २४ कात्तिक, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा आगामी पुस ३ गते हुने भएको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो ।    

देशभरका सहकारीहरुको एक मात्र बैंकका रुपमा रहेको सहकारी बैंकमा हाल ११ हजार ३ सय सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । 

देशभरका सबै सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा हुने वार्षिक साधारणसभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिएको बैंकका अध्यक्ष के।बी।उप्रेतीले जानकारी दिए ।    

बैंकलाई थप प्रभावकारी बनाउने, सदस्य संघ संस्थाहरुको प्रवद्र्धनका लागि नयाँ कार्यक्रम तथा प्रस्तावहरु ल्याउने भएकाले सबै सदस्य संघ संस्थाका प्रतिनिधिहरुलाई साधारणसभामा सहभागिताका लागि बैंकले आव्हान गरेको बैकका सञ्चालक रामबहादुर जिसीले बताए ।     

४४ शाखामार्फत देशभरका सहकारी संघ संस्थाहरुको शेयर रकम १ अर्ब ६८ करोड ३८ लाख, निक्षेप २८ अर्ब ४० करोड र कर्जा २० अर्ब रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले निर्माण सञ्चारलाई जानकारी दिए ।

०००



प्रकाशित: २०७६ कार्तिक २५
November 11th 2019

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ