नेपाली समय: ०७:०३:३५ बिहान
वि.सं २०७६ मंसिर २६   बिहीवार

निर्माण व्यवसायी संघ कैलाली ज्ञापन पत्र बुझाउँदै, महासंघको आन्दोलनमा सहयोग गर्ने

निर्माण सञ्चार, २६ कात्तिक, कैलाली– सरकारले तेस्रा पटक सार्वजनिक खरिद नियमावली संशोधन गरे पनि व्यवसायीका माग पूरा नगरेकाले निर्माण व्यवसायी संघ कैलाली २७ कात्तिक जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउँन लागेको हो । 

सरकारले (आठौं संशोधन) नियमावली–२०७६ मा व्यवस्था भएको ‘म्याद थप र बैंक क्रेडिट लाइन’ लगायत संशोधन नभएकाले निर्माण व्यवसायी संघ कैलालीले ज्ञापन पत्र बुझाउँने विज्ञप्ति निकालेको छ । 

निर्माण व्यवसायी महासंघले भने कात्तिक २७ गते  पत्रकार सम्मेलन मार्पत सरकारले सार्वजनिक खरिद (आठौं संशोधन)मा व्यवस्था भएको ‘म्याद थप र बैंक क्रेडिट लाइन’ लगायत  नभएकाले आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

महासंघले सुरु गर्न लागेको आन्दोलनमा निर्माण व्यवसायी संघ कैलालीले आफुहरु सहयोग गर्नका लागि तयार रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । 



प्रकाशित: २०७६ कार्तिक २६
November 12th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार