नेपाली समय: ०३:३१:५९ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

स्थानिय विकास निर्माणमा ढिला सुस्ती, उपभोक्ता समितिद्वारा गुणस्तरहिन काम

निर्माण सञ्चार, ०१ मंसिर, जुम्ला । जुम्लाको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले उपभोक्ताहरुकै ढिला सुस्तीले गर्दा स्थानीय तहको विकास निर्माण ढिलाइ र गुणस्तरहिन काम हुने गरेको बताए । 

सरकारले बोकेकोे ‘समृद्ध नेपाल सुखि नेपाली’ नारा साकार पार्ने उदेश्यले मुलुकको पूर्वाधार विकासमा जोड दिइरहेको छ ।

मुलुक संघियतामा बढेसंगै सरकारले हाइड्रो, टनेल, व्रिज, पुल, सडक, खानेपानी आयोजनाहरुको निर्माण कार्यलाई तदारुपताका साथ अगाडी बढाइरहेको छ ।   

सरकारले ठुला आयोजनाको संगै स्थानिय साना विकास निर्माणका योजनालाई समेत प्राथतिकता राख्दा स्थानिय विकासको लागि स्थानिय पूर्वाधारको विकासको लागि उपभोक्ता समेतीले समयमा काम नगर्ने, गुणस्तहिन काम गर्नाेले स्थानिय पूर्वाधार विकासमा चुनौती उत्पन्न भएको छ ।   

चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्मका स्थानिय सरकारले योजना सम्झौता गर्नेको लागि पटक पटक सूचना गर्दा पनि सहभागि नहुदा कात्तिक सम्मका भैसक्नु पर्ने काम मंसिर सम्म लम्बिने देखिन्छ । 

पुस माघमा चिसोको कारणले गर्दा  कुनै काम नहुने र चैत बैशाखमा धमाधम योजना सम्झौता गर्ने, अनि असारे विकासको आरोप स्थानीय सरकारलाई लगाउने प्रबृतिले विकास निर्माणले गति नलिएको बताए ।
 
आव २०७५/७६ को सार्वजानिक सुनुवाईमा उनले स्थानीयलाई उपभोक्ता समिति गठन गरी मंसिर पहिलो साता सम्म योजना सम्झौताका लागि नआए सिधै बजेट रकमान्तर गर्ने चेतावनी दिए ।

गत आवमा तिला गाउँपालिकाको सबैका भन्दा बढि ७ करोड नीतिगत बेरुजु आउनुकै कारण समयमै योजना सम्झौता नभएको, समयै काम सम्पन्न नभई भुक्तानी नगएका कारण बेरुजु आएको स्पष्ट पारे ।

पछि विकासमा गुणस्तर भएन भनेर आफै नारा बाजी लगाउने समयमै आफै काम नगर्ने गलत प्रबृत्तिका उपभोक्ताकै ढिलासुस्तीले गर्दा  लक्ष्य अनुसारको विकास गति लिन नसकिएको उनको भनाई छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने पनि उपभोक्ता अहिले सेलाउने चैत बैशाखमा तातिने गरेको बताए । सडक निर्माण, सिप मुलक काम, धारा पाटी पौवा निर्माणको काम कात्तिक मंसिरमा पनि गर्न सकिन्छ ।

 तर उपभाक्ता समिति गठन गर्नै ठाउँमा धौधौ पर्छ । हुँदा हुँदा चैत बैशाख लागेपछि योजना सम्भौता गर्न हैरान, अनि योजना सम्झौता गर्न हप्ता धाउनु पर्छ भनेर आफै भन्ने यस्ता उपभोक्ताले गर्दा पालिकाको विकासमा बाधा भएको उनको भनाई छ ।
 
तिला र तातोपानी मात्र हैन् जुम्लाका आठै स्थानीय तहकामा  अहिले सम्म कुनै पनि योजना सम्झौता भएका छैनन् । कृषि, वन सडक, खानेपानी लगायतका योजनाका उपभोक्ता समिति गठन गरी समयमै योजना सम्झौताका लागि आउन भन्दा आजभोली भन्दै उपभोक्ता चरम लापारर्बाहिले गर्दा असारे विकासको रोग अन्त्य गर्न नसकिने पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

यस वर्ष फागुनको पहिलो साता सम्झौता गर्न नआए कार्यपालिकाको बैठक गरी सबै बजेट रकमान्तर गरिने उनको चेतावनी छ । 

तिलाको पहिलो सार्वजनिक सुनुवाई के के भए काम ?

मुलुक संघियता अगाडी बढेसंग जुम्लाको तिला गाउँपालिकाले पहिलो सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार आव २०७५÷७६ को वार्षिक सार्वजानिक सुनुवाई सकिएको हो ।

सार्वजानिक सुुनुवाईमा तिला गाउँपालिकाले स्थानीय पूर्वाधार विकासमा भने फड्को मारेको देखिएको छ । तर उपभोक्ताले केही विकास काममा ढिला सुस्ती भइरहेको पाइएको छ । 

२०६१ सालमा कर्णाली राजमार्ग संचालन आएको थिया । तर सडक सञ्जाल भने जोडिएको थिएन् । देश संघियतामा गएसंगै जुम्लाका विभिन्न स्थानिय ठाउँमा समेत सडकको सञ्जाल विस्तार भएको छ । स्वास्थ्य, शिक्षा, कृषि लगायत पूर्वाधारका क्षेत्रमा तिलाले सन्तोषजनक विकास गरेको पाइएको छ ।

 सुनुवाइमा स्थानियको गुनासो के थियो ?  

उक्त सार्वजानिक सुनुवाईमा स्थानीयसंगको छलफल गर्दै अन्य क्षेत्र भन्दा शिक्षा क्षेत्रलाई सुधार गर्दै लैजानु पर्नेमा जोड दिएका थिए ।

जुम्लामा सवारी साधनको दुरुपयोगमा रोक, सेवा प्रवाहलाई प्रभावकारी देखि गुणस्तरी विकासमा ध्याध दिन सुझाब आएका थिए । गाउँपालिका गत आवमा शिक्षा, स्वास्थ्य, कृषि, सडक खानेपानी, पर्यटन, सिचाई, विद्युत, सहकारी, उद्योग संचार  र आर्थिक विकास लगायत शिर्षकमा गरी १४ करोड ८३ लाख ३२ हजार ५ सय ३४ रुपियाँ बजेट छुटाएको थियो ।
 
विनियोजित बजेट मध्य आर्थिक वर्षको अन्त्य सम्म १३ करोड २९ लाख १२ हजार ९ सय ४९ रुपिँया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र नेपालीले बताए । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले नमुना गाउँपालिका निर्माणका लागि सबैको एकिबद्धता आवश्यकता रहेको बताए । गाउँपालिका अध्यक्ष रतननाथ  योगीले सरकार प्रति विश्वास, स्थानीय सरकारले गरेका राम्रा काम प्रति सकारात्मक हुनु पर्नेमा उनको सुझाब थियो । 

 

 

०००
 



प्रकाशित: २०७६ मंसिर १
November 17th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्