गाउँपालिका अध्यक्ष बमलाई आर्थिक अनियमितताको आरोप, पार्टीबाट निलम्बित
निर्माण सञ्चार, ०१ मंसिर, जुम्ला । कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई आर्थिक अनियमितताको आरोपमा पार्टी बाट निलम्बन गरिएको छ ।
अध्यक्ष बमलाई विगत केहि सयम यता देखि आर्थिक अनियमितता र पार्टी अनुशासन विपरित कार्य गरेको आरोप लाग्दै आएको थियो ।
गाउँपालिकामा विकास निर्माण देखि हरेक क्षेत्रमा आर्थिक अनियमितता गरेको भनेर जनस्तरबाटै व्यापक गुनासो आएपछि छानवीनका लागि पार्टीबाट निलम्बन गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा कालीकोटका सचिव नगिन्द्र शाहीले बताए । सार्वजाननिक पद धारण गरेका व्यक्तिले आम जनताको आरोप खेप्नु, पाटीमाथि आच आउने काम गर्नु नियम संगत नभएको भन्दै निलम्बन गरिएको शाहीले बताए ।
उनले भने, अध्यक्ष बमले गरेको आर्थिक अनियमितता र पार्टी अनुशासनहीन कार्यको बिषयमा छानवीन गर्न नेकपा कर्णाली प्रदेशका सदस्य विष्णु विकको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ । समितिमा जिल्ला कमिटी सदस्य कृष्णप्रसाद आचार्य र टेकबहादुर बुढा सदस्य रहेका छन् । यता अध्यक्ष बमले कुनै आर्थिक अनियमितता तथा पाटीको नियम भन्दा बाहिर नगएको दाबी गरेका छन । पार्टीबाट निलम्बीत भइसकेपछि आगामी दिनको राजनीतिलाई निरन्तरता दिन अध्यक्ष बमलाई चुनैती रहेको छ । 000
प्रकाशित: २०७६ मंसिर १

प्रतिक्रिया दिनुहोस्