नेपाली समय: ०५:०२:२५ बेलुका
वि.सं २०७६ मंसिर २०   शुक्रवार

तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा, ठगी मुद्दा चलाउने तयारी

निर्माण सञ्चार, ०१ मंसिर, काठमाडौं । विद्यार्थीहरुबाट तोकिएको शुल्क भन्दा बढी उठाएपछि तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।

आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ।

शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविनको छापा मारेको स्रोतको भनाइ छ । 
‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।’

मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।



प्रकाशित: २०७६ मंसिर १
November 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार