नेपाली समय: ११:१०:५५ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

मंसिर १५ गते उद्घाटन अघि सागको तयारी होला त पूरा ? सम्भव छ, कसरी ?

निर्माण सञ्चार, २ मंसिर, काठमाठौं । हिजो अर्थात् १ गते पोखरा पुगेका युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले साग समयमै उद्घाटन हुने दाबी गरेका छन् । करिब डेढ अर्ब लागतमा सरकारले साग सञ्चालन गर्ने छ, जुन यतिबेला नेपालको राष्ट्रिय इज्जतको विषय हो ।

२० वर्षपछि ०७६ मंसिर १५ गतेबाट नेपाल दक्षिण एसियाली खेलकुदको आयोजना हुँदै छ । तर, यस अघिका सरकारले यस तर्फ पर्याप्त ध्यान नदिँदा खेलकुदका लागि बन्नै पर्ने पूर्वाधार निर्माण हुन सकेनन् । ठेक्का लिएका निर्माण कम्पनीहरुको लापरबाही र सरकारी उदासीनताका कारण काठमाडौंस्थित दशरथ रंगशाला, पोखरा र जनकपुरमा रहेका स्टेडियमहरु अन्तिम घडीमा आएर रातारात निर्माण भइरहेका छन् । 

गत असार तेस्रो साता जब सदस्य सचिवका रुपमा रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्ले पायो, त्यस पछि मात्रै पटक पटक सारिएको साग सेडुयल समयमै हुनेमा विश्वास पैदा भयो । सबै काम छाडेर सदस्य सचिव सिलवाल रात दिन मैदानमा भिडे भने पछिल्ला दिनमा युवा मन्त्री जगत् बिक आफैं रंगशाला निर्माणस्थलमा दिनभर नै बस्ने गर्न थालेका छन् । 

कामले तीव्रता मात्रै पाएको छैन, आउने मंसिर १०–१२ भित्र पूर्वाधार सम्पन्न भइसक्ने पनि मन्त्रीले दाबी गरिरहेका छन् । उद्घाटन अघि सार्क स्तरीय खेलाडी नेपालमा छिर्नु अगावै यी मैदानहरु बनिसकेका हुने छन् ।

कसरी सम्पन्न हुँदैछ साग भन्नेबारे निर्माण मिडियाले गरेको स्थलगत रिपोर्ट यस भिडियोमा प्रस्तुत गरिएको छः

https://www.youtube.com/watch?v=3Uu9N8ma0qE  

०००

प्रकाशनः २०७६, मंसिर २

निर्माण मिडिया नेटवर्क



प्रकाशित: २०७६ मंसिर २
November 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार