नेपाली समय: ०४:४४:५९ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

भारतीय हस्तक्षेपविरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका २१ नेता पक्राउ

निर्माण सञ्चार, २ मंसिर, काठमाडाैं । पछिल्लाे समय नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि देशभर विराेध भइरहेकाे छ। विराेध स्वरुप नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंको माछापोखरीमा सोमबार साँझ मसला जुलुस निकालेको छ।

नेविसंघले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि त्यहाँका अवस्था केही समय असामान्य बनेकाे थियाे। प्रदर्शन गर्ने नेविसंघका २१ नेता कार्यकर्ता पक्राउ समेत परेका छन् ।

पक्राउ पर्नेमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाहलगायतका नेता कार्यकर्ता रहेका छन् ।

भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता गर्न माग गर्दै सोमबार साँझ बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरुले माछापोखरीमा कोणसभा गर्ने तयारी गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको जनाइएको छ ।



प्रकाशित: २०७६ मंसिर २
November 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार