नेपाली समय: ०४:२७:०४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

‘पावर समिट २०१९: नेपाल पनि बिजुली बिक्री गर्ने हैसियतमा पुग्यो ! कसरी ?

निर्माण सञ्चार, ०६ मंसिर, काठमाडौं । दुई दिनदेखि राजधानीमा चलिरहेको पावर समिटमा भारतीय पक्षले नेपालको विद्युत् खेर जान नदिने बताएको छ भने छिमेकी बंगलादेशले त सरकारसँग नै विद्युत् व्यापार सम्बन्धी दुई पक्षीय सम्झौता गरिसकेको अवस्था छ । 

भुटानबाट मन्त्री नै नेपालको पावर समिटमा सरिक भए । दक्षिण एसियामा सबैभन्दा सस्तो र प्रचुर विद्युत् उत्पादन गरिरहेको भुटानले पनि नेपालको हाइड्रोमा चासो लिनुले नेपाल हाइड्रोका लागि कति महत्त्वपूर्ण ‘पोजिसन’मा उभिएको छ भन्ने पुष्टि भएको छ ।

छिमेकी चीन पनि नेपालको जलविद्युत्मा चासो राखिरहेको छ । निजी क्षेत्रले गरेको पावर समिटमा यी तिनवटै देशबाट आएका निजी तथा सरकारी अधिकारीहरुको चासो र बोलेका शब्दले नेपालको विद्युत् छिमेकी मुलुकहरु किन्न तयार छन् ।

यो पावर समिटमा दक्षिण एसियाका मित्रराष्ट्रहरुबाट मात्र हैन, अमेरिका, नर्वेजियन मुलुकले पनि नेपालको जलविद्युत्मा सरिक हुन चाहिरहेका छन् भन्ने दुई पक्षीय सम्झौताहरुले पनि पुष्टि गरेको छ ।

कार्यक्रम स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ‘इपान’को नेतृत्वमा भएको हो । 

०००
थप समाचार...
 

निर्माण सञ्चार, ०३ मंसिर, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ‘इपान’को बिहीबारदेखि सुरु हुने सातौं ऊर्जा सम्मेलन (पावर समिट)मा निजी क्षेत्रले उत्पादन गर्ने विद्युत कोसेढुंगा सावित हुने दाबी गरेको छ । 

इपानको उक्त सम्मेलन मंसीर ५ र ६ गते (नोभेम्बर २१ /२२) राजधानीको सोल्टी हाटेलमा हुने भएको छ ।

सोमबार सञ्चार साक्षातकार कार्यक्रमा गर्दै इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले देशमा अबको ३ वर्षभित्र प्रणालीमा ५ हजार मेगावाट विद्युत थपिन लागेकाले देशको आवश्यकता भन्दा विद्युत उत्पादन बढी हुने अवस्था भएकोले बढि भएको विद्युत निर्यातका लागि बजारको पहिचान आवश्यक रहेको बताए ।

उक्त सम्मेलनको उदेश्य देशभित्र खपत नहुने विद्युतको बजार व्यवस्थापन गर्न छिमेकी देशहरूसँग ‘क्षेत्रीय ग्रिड कनेक्टिभिटी’ गरेर विद्युत व्यापार गर्नेबारे जोडदार छलफल तथा बहस हुने गुरागाईंले बताए । 

यो भन्दा पहिले निजी क्षेत्रले भारत, बंगालादेश, चिनलगायत देशमा विद्युत निर्यात गर्न सकिने सबै सम्भावनाबारे  छलफल गरीसकेको बताएको छ ।

विद्युत निर्यातका लागि भारत र बंगलादेश राम्रो बजार रहेको र उनीहरु पनि नेपालको विद्युत आयात गर्न लालायित भएको अवस्थामा समयमै बजारको सदुपयोग गर्नुपर्ने व्यवसायीको भनाई छ । यसका लागि विद्युत निर्यात सम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाउनुपर्ने उनीहरुको भनाई छ ।  

सम्मेलनमा विद्युतको बजार, व्यापार तथा लगानीको विषय प्राथमिकताका साथ उठाउने  गुरागाईंले बताए ।

सम्मेलमा भारतका जलस्रोत मन्त्री गजेन्द्र सिंह शेखावत र बंगलादेशका ऊर्जा, विद्युत तथा खनिज राज्यमन्त्री नसरुल हमिद सम्मेलनमा सहभागी हुँदैछन् ।

यसअघि सन २००६, २००७, २००८, २०१२ र २०१३ मा पनि सम्मेलन गरिएको थियो । सन् २००६ र ०७ मा भएको सम्मेलनले ‘जलविद्युतमा लगानीको अवसर’ भन्ने मुद्दालाई प्राथमिकता दिएको थियो । सन् २००८ को सम्मेलन आयोजना निर्माण तथा विद्युत उत्पादन गर्नुपर्नेमा केन्द्रित रह्यो ।

यसैगरी, सन २०१२ को सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीचको सम्बन्ध तथा लगानी आदानप्रदानमा जोड दिएको थियो । सन २०१३ को सम्मेलनमा ‘जलविद्युत उत्पादनमा हतार’ भन्ने नारा राखिएको थियो ।

सम्मेलनमा दश वटा सत्रहरुमा ७० भन्दा बढी राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरकारी एवं निजी क्षेत्रसहित विकास साझेदारहरुमा आवद्ध विज्ञले उर्जा सम्बन्धी विषयमा प्रस्तुती दिने जनाइएको छ । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वेसहितका ७ सय बढी सहभागी हुने इपानले जनाएको छ ।

हेरौं भिडियो

 

https://www.youtube.com/watch?v=xyyiysmZkkk&t=13s पढौं यी पनि
 

नेपालमा ९५ प्रतिशत घरधुरी विद्युतको पहुँचमा, स्वच्छ कुकिङ नेपालका लागि चुनौती

क्षेत्रीय विकासका लागि विद्युत आदान प्रदान आवश्यकः मन्त्री पुन

 

 

OOO
 



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार