नेपाली समय: ०५:०९:४९ बेलुका
वि.सं २०७६ मंसिर २०   शुक्रवार

पहुँचवालाको घरमै टिकट, विरामीले दुई दिनसम्म विमानको टिकट नपाउँदा मुत्यु

निर्माण सञ्चार, ०३ मंसिर, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका जनक बहादुर रावत कात्तिक २८ गते भिरबाट लडेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइयो । 

घाइतेलाई प्रतिष्ठानमा २ दिनसम्म राखियो । दुइदिन पछि जुम्लामा उपचार सम्भव नभएपछि तत्तकाल थप उपचारका लागि नेपालगंन्ज रेफर गरियो । रेफर गरिएका बिरामी नेपालगंञ्ज पुरर्याउनु पर्ने पत्र सहित आफ्तले  विमानको टिकट अनुरोध गर्दा पनि टिकट नपाएको बताए ।

टिकट नपाएपछि बिरामीका आफ्न्तले कात्तिक ३० र मंसिर १ गते बिरामीको छटपटाहाट बेदनाहुदा पनि टिकट नपाएपछि  जब विरामी मर्ने र बाच्ने दोसाधमा पुगिसकेपछि बल्ल टिकट पाएको आफ्न्तको गुनासो छ । 

 नेपालगन्ज विमानस्थलमा पुराउन वित्तिकै विरामी जनक बुढाको मुत्यु भयो । आफ्न्तभरी आक्रोस हुदै विमानस्थलका कर्मचारीहरु प्रति विरोध गरे । 

आफन्त रुद्र बुढाका अनुसार एयरलाईन्सका लापर्वाहिका कारण बिरामीको मृत्यु भएको हो । दुईदिन सम्म विमानस्थलको खुल्ला चौरमा विरामीलाई राख्दा समेत एयरलाईन्सका कर्मचारीले वास्ता गरेनन, खाली टिकट प्याक छ भन्दै रिटन टिकट हो भनेर दुख दिइयो । कात्तिक ३० गतेनै टिकट पाएको भन्ने विरामी बचाउन सकिने आफन्तको आशा थियो ।

तर टिकट वितरणमा मौलाएको मनपरीतन्त्रले एक सर्वसाधारणको ज्यान सम्म लियो । यो एक ज्वालन्त उदाहरण मात्र हो, जुम्लामा विगत तीन महिना यता देखि सर्वसाधारणले टिकट नपाएको व्यापक गुनासो आउँदा प्रशासन सुतेर बसेको छ । टिकट वितरणको विषयलाई लिएर सामाजिक सञ्चालन मार्फत सुधारको माग गरिएको छ । 

टिकट वितरणमा मनोमानी किन ? 

जुम्लामा चिसो बढे संगै तराई झर्नेहरुको भिड बढिरहेको छ । दैनिक विमानस्थलमा सयौंको घुइचो हुन्छ । तर पहुँचवाला जान वित्तिकै उड्छन् ।

तर सर्वसाधारण भने, हप्तादिन कुर्दा पनि टिकट पाउदैनन् । यस्तो प्रकारको हेलासार टिकट बिक्रि बितरणमा हुने मनोपोलीले गर्दा एक जनाको मुत्यु समेत भयो । टिकटमा हुने मनोपोलीको पत्रकार महासंघले सोमबार विमानस्थलका कर्मचारीको ध्यानकर्षण गराइएको महासंघका अध्यक्ष बरम बहादुर महतले बताए ।

जुम्ला बिमानस्थलमा लामो समय देखी टिकट वितरण प्रणालीमा सर्वसाधारणको पहुँचमा नहरहेको र सेल्स कार्यालयबाट टिकट वितरण नभएको गुनासो बढिरहेको थियो ।

सोहि अनुसार २ गते स्थलगत अनुगमन सहित सूचना लिदा सर्व साधारणको पहुँच वाहिर सेल कार्यालयनै नखोली टिकट वितरण भइरहेको खुलासा भयो ।

रिटन टिकटको नाममा विरामीलाई समेत प्रभावित भइ, मृत्यु समेत भएको कुराले सबै सर्वसाधारण आक्रोसित भएपछि विटक वितरण प्रणाली सच्याउन ध्यानकर्षण गरिएको अध्यक्ष महतको भनाई छ । जुम्लाको टिकट प्रणालीलाई पार्दशी बनाउन, जुम्लावासी नागरिक, नागरिक समाज, मानवअधिकारकर्मी र राजनैतिकदल र पत्रकारहरुले सामुहिक अभियान समेत थालेका छन् । 

किन विमानको टिकट बिक्रि, वितरणमा पहुँचवालाकै रजाँइ ?

जुम्लामा टिकट वितरणमा पहुँचवालाकै रजाँई गरीरहेको छन । विमानस्थलको सेल्स कार्यालयबाट टिकट वितरण नगरी पहुँचवालाले मानोपोलीले गर्दा सर्वसाधारणले चाहेको समयमा टिकट नपाउने समस्या बढेको हो । 

नियमको कार्यन्वयन भएन किन ?

कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालको उपस्थितिमा सेल्स कार्यालयबाट टिकट बितरण गर्ने निर्णय भएको थियो । टिकट वितरणलाई सहज बनाउने भन्दै टिकट सम्पर्क कार्यालयमा नभई व्यक्तिको पछाडि लाग्नुपर्ने अवस्थाले पर्यटकलाई समेत हैरान बनाएको कुरालाई मध्यनजर गरी गरिएको प्रशासनको निर्णयनै पालाना नभएको पाइएको छ ।

टिकट खल्तीमा बोकेर आफन्तलाई दिने नभई सेल्स कार्यालयबाटै टिकट वितरण गर्न, एक दिन अगावै हातमा टिकट दिनुपर्ने, लाईन लगाएर टिकट वितरण गर्न हुन, नेपाल एयरलाईन्सको जहाँज फ्लाईट थप्नुपर्ने लगायतका बिषयमा ध्यानकर्षण पत्र दिइएको पत्रका महासंघका उपाध्यक्ष नेत्र शाहिले बताए । 

उडान कम हुँदा समस्या

जुम्लामा दिनमा दुई फलाईट हुन्छ त्यसमा कुनै सर्वसाधारण जान पाउदैनन् । हप्ताको सोमबार एनएको फलाईट हुन्छ । तर उडान कम यात्रुको संख्या बढि हुँदा समस्या भएको एयरलाईन्सहरुको दाबी छ ।

 जुम्लामा संचालन हुने, सिता, समिट, तारा र नेपाल एयरलाईन्सले फाटफुट रुपमा मात्रै उडान भर्छन् । समिट एयरका दिनेशजंग शाहिले भने, हामी उडान थप गर्ने प्रयासमा छौ । 

उडान थप गर्नका लागि सबै निकायले पहल गर्नुपर्ने उनको भनाई छ । टिकट प्याक नै थियो । पठाउने प्रयास गरेका थियौ । तर दुईदिन ढिला भएपछि नेपालगन्ज नपुग्दै बाटोमा मुत्यु भएपछि विमानस्थल संग कुनै सरोकार नभएको एयरलाईन्सहरुको दाबी छ । 

 

 

000



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्