नेपाली समय: ११:०५:१३ राती
वि.सं २०७६ मंसिर १९   बिहीवार

बाणिज्य बैंकले सुरु गर्याे जुम्लामा सन्ध्याकालिन सेवा

निर्माण सञ्चार, ०३ मंसिर, जुम्ला । जुम्लामा वाणिज्य बैंकले जनताको आवश्यकतालाई मध्यनजर गर्दे सन्ध्याकालिन सेवा सुरु गरेको छ । 

जुम्लाको चन्दननाथ नगरपालिकाकी धनलक्ष्मी रोकायाले पैशाको अति आवश्यकता हुदा मंसिर १ गते साँझ ५ बजे बैंकमा गईन् । जम्लामा रहेका अन्य सबै बैंक बन्द भईसकेका थिए । तर उनले पहिलो पटक वाणिज्य बंैकमा ५ बजे चेक साटेर पैसा पाउँदा खुसी भइन् ।

त्यस्तै, तातोपानी २ का हस्त बुढा पनि मंसिर २ गते साँझ ६ बजे राष्ट्यि बाणिज्य बंैकमा गएर चेक साटेर आए । अघिपछि जाँदा दैनिक भिड हुने बैंकमा साझ जाँदा एकैपटक काम सकेर फर्किन पाउदा खुसी भए । खुसीहुनुकै एउटै कारण थियो राष्ट्यि बाणिज्य बैंंकको सन्ध्याकालीन सेवा ।

अहिले जुम्लाका हजारौं सेवाग्राहीलाई सन्ध्याकालिन सेवाले सहज भएको छ । जुम्लामा करिब डेढ दर्जन बढि बैंकहरु छन् । तर राष्ट्यि बाणिज्य बंैकमा भने, नियमित भिडभाड हुन्छ ।

चेक साट्को लागि पनि दुईतिन दिन धाउनुपर्ने समस्या थियो । पालो कुर्दै लाइनमा बस्दा पालो नपाएर बैंकपनि बन्द हुने अवस्था थियो । विशेषगरी बैंकमा विहिवार शुक्रबार र आईतबार निकै भिड हुने गरेको छ । यस्तो समस्याको समाधानको लागि वाणिज्य बैंकको सन्ध्याकालीन सेवाले ग्राहकलाई टेवा पुर्र्याएको छ । 

 सेवाग्राहीहरुको सजिलोका लागि मंसिर १ गतेबाट बैंकले सेवा सुरु गरेको शाखा प्रवन्धक ओमबहादुर शाहीले बताए । उनका अनुसार, सेवाग्राहीको भिड कम गर्ने तथा टाढाबाट आउने सेवाग्राहीको मध्यनजर गर्दै  सेवा सुरु गरिएको हो । सेवा संचालन भएको एकदुई दिनमा राम्रो प्रतिक्रिया आएको छ ।

  
सन्ध्याकालिन सेवा कात्तिक १६ देखी माघ १५ गते सम्म साढे ३ बजेबाट ५ बजे सम्म हुने छ । यसैगरी माघ १७ बाट कात्तिक १५ सम्म साढे ४ देखी ६ बजे सम्म सेवा सञ्चालन हुने छ । शाखा प्रबन्धक शाहिले भने, गएको कात्तिक ५ गते नेपाल राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको जुम्ला अनुगमनपछि यो सेवा सुचारु सम्भव भएको  हो ।

बाणिज्य बैंक जुम्ला सन्ध्याकालिन सेवा दिने कर्णाली प्रदेशकै पहिलो बैंक भएको छ । अव सरकारले स्थानीयलाई कर्जा दिएर स्वरोजगार बनाउने तथा शिक्षित बनाउने योजनामा समेत जोड दिने, चाडै एटिएम संचालनमा ल्याउने काम हुने शाखाँ प्रवन्धक शाहीले उल्ल्ेख गरे । दिनमा काम व्यस्तताले बैंक आउन गार्हाे मानेका सेवाग्राहिहरु साँझपख भिड लाग्न थालेका छन् । 


०००


 



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्