नेपाली समय: ०४:४८:४५ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

शनिबार ‘इन्नोभेटिभ ओपन क्र्यू’को युवा सम्मेलन ललितपुरमा हुँदै, युवाहरुमा उद्यमशीलताको विकास गर्ने

निर्माण सञ्चार, ०३ मंसिर, ललितपुर । नेपाल स्काउट अन्तर्गत सञ्चालित ललितपुरको मानभवनमा रहेको ए.भि.एम स्कुलमा इन्नोभेटिभ ओपन क्र्यूले करिव १०० जना स्काउट तथा नन स्काउट युवाहरुको सहभागीतामा मंसिर ७ गते शनिवार युथ मिट आयोजना गर्ने भएको छ ।

क्र्यूका अध्यक्ष टिकानिधी लोहनीले निर्माण सञ्चारसंग संवाद गर्दे कार्यक्रमले युवाहरुको सोचमा परिवर्तन ल्याउने र राष्ट्रमा नै केही गर्न सकिन्छ, भन्ने सन्देश नै कार्यक्रमको उदेश्य रहेको बताए ।
 
कार्यक्रममा देशको विद्यामान युवा बेरोजगार समस्यालाई मध्यनजर गर्दैे ‘युथ इन्टरप्रेनरसिप, युवा उद्यमशीलता’ नारामा केन्द्रित रहेर युवा उद्यमशीलता, नेतृत्व विकास, डिजिटल उद्यमशीलता र नागरिक उत्तरदायित्व जस्ता विषयमा प्रस्तुतिकरण हुने क्र्यूका स्काउट लिडर देवराज घिमिरेले बताए ।

 

 

०००
 



प्रकाशित: २०७६ मंसिर ३
November 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार