
कसरी सम्पन्न हुँदै छ सुरक्षित नेपाल निर्माणको महाअभियान ? पुनर्निर्माणबाट आर्जित ‘ज्ञान’ कसरी सँगाल्दै छ नेपाल ?
निर्माण सञ्चार, ८ मंसिर, काठमाडौं । गोरखा भूकम्पको गर्भबाट जन्म भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको (०७२ देखि ०७६ मंसिरको पहिलो हप्ता) प्रगति मूल्यांकन गर्दा राम्रै उचाइ लिएको मान्न सकिने देखिन्छ ।
८६ प्रतिशत पुनर्निर्माण सम्पन्न हुनु शतप्रतिशतमा १४ प्रतिशत मात्रै कमी हो ।
भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधीन छन् । रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्ड जस्ता सम्पदा आउने २ वर्षभित्रै बनिसक्ने गरी प्राधिकरण लागिपरेको छ । ... निर्माण सञ्चारसँगको साक्षात्कारमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवालीले आफ्नो उद्दात ‘स्प्रिट’ खुलेर व्यक्त गरे । प्राधिकरणमा बीचमा सरकार परिवर्तनले पारेको ‘ग्याप’ लाई ‘ब्लाक होल’ मान्ने हो भने बाँकी पुनर्निर्माण अभियानको श्रेय इन्जिनियर सुशील ज्ञवालीले नै लिन सक्ने देखिन्छ । भूकम्प पछि आर्जित सम्पदा निर्माणको सीप तथा ज्ञान र सुरक्षित नेपाल बनाउने महाअभियानबारे आर्जन गरिएको त्यो दक्षता प्राधिकरणले आउने दिनमा नेपाल र नेपालीको जिन्दगीमा कसरी लागू गर्दै छ त ? पुरानो युगमा बनेका ती सम्पदा जसले आजका दिनमा हामीलाई हाम्रो पुस्ताको मुहार दिएको छ, निर्माणको आधुनिक सीप जसमा मौलिकता र पुरातनता अमर रहिरहन्छ, र भावी पुस्ताले आजको हाम्रो मुहार पाउने छ, यस्तो गर्व लाग्दो सम्पदा निर्माणको पाठ कसरी संरक्षण गर्दै छ पुनर्निर्माण प्राधिकरण ? निर्माण सञ्चारसँगको साक्षात्कारमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवालीले आफ्नो ‘स्प्रिट’ यसरी व्यक्त गरे– सुनौं र हेरौं भिडियो संवार्ताhttps://www.youtube.com/watch?v=m49ejj6Tkm4&feature=youtu.be
०००
प्रकाशित: २०७६ मंसिर ८
विद्यालय भवनमा ‘क्रान्ति’
पुनर्निर्माण भएका गाउँबस्ती पुगेर हेर्दा विद्यालय पुनर्निर्माणले वास्तलमै क्रान्ति गरेको छ । दरबार हाइस्कुल बाहेक नेपालमा शिक्षाकेन्द्रको विकास अनौठो तरिकाले भएको देखिन्छ । धार्मिक गुठी, गुरुकुल, गुम्बज बाहेक गाउँ गाउँमा खुलेका विद्यालयहरु रुखको फेद हुँदै, छाप्रा, धार्मिक मन्दिर, सार्वजनिक स्थलमा टहरा हुँदै ढुगामाटोका भवनसम्म विकास भएका थिए । ००७ सालमा राणा शासनको पतन भएपछि नेपालमा विद्यालय खुल्ने लहर सुरु भयो । त्यतिबेला शिक्षा आर्जन गर्नेहरु रुखका फेद र सार्वजनिक छाप्राहरुमा बसेर विद्या आर्जन गरे । पुस्तान्तर हुँदै जाँदा ०४६ सालको आरम्भ दशकसम्मका पुस्ताले हातमा आफ्ना लागि ओछ्याउने बोहरा वा काठको फलेक आफैं बोकेर जानेसम्मका भौतिक संरचनाहरु बन्न पुगे । ५० को दशकसम्म बनेका ढुंगामाटोका विद्यालय भवनहरु ०७२ वैशाख १२ को भूकम्पले सदाका लागि तिलाञ्जली दिने गरी भत्काइदियो । आजका दिनमा उठेका नयाँ भवनहरुले साँच्चै नै पुरानोलाई तिलाञ्जली दिएर आउने ४–५ दशकसम्मका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विद्यालय भवनहरु ठडिन पुगे । जुन कुरा क्रान्ति हो । ठडिएका र बन्दै गरेका गरी आजका दिनमा भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ५३ विद्यालयमध्ये ७१ प्रतिशत सम्पन्न र २४ प्रतिशत पुनर्निर्माण क्रममा छन् । निर्माण मिडिया साक्षात्कारमा प्राधिकरण सिइओ ज्ञवाली भन्छन्ः भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएका छन् । २४ प्रतिशत घर बन्दैछन् । अर्थात् ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा रहेको बताए । बनिसकेका र बन्दै गरेकासहित निजी आवास पुनर्निर्माणमा ८६ प्रतिशत प्रगति हासिल भएको उनको दाबी छ । ...भूकम्प अति प्रभावित जिल्लामा ७ सय ५३ वटा सम्पदामा क्षति पुगकोमा ५१ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको र १६ प्रतिशत पुनर्निर्माणाधीन छन् । रानीपोखरी, धरहरा, सिंहदरबार, काष्ठमण्ड जस्ता सम्पदा आउने २ वर्षभित्रै बनिसक्ने गरी प्राधिकरण लागिपरेको छ । ... निर्माण सञ्चारसँगको साक्षात्कारमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवालीले आफ्नो उद्दात ‘स्प्रिट’ खुलेर व्यक्त गरे । प्राधिकरणमा बीचमा सरकार परिवर्तनले पारेको ‘ग्याप’ लाई ‘ब्लाक होल’ मान्ने हो भने बाँकी पुनर्निर्माण अभियानको श्रेय इन्जिनियर सुशील ज्ञवालीले नै लिन सक्ने देखिन्छ । भूकम्प पछि आर्जित सम्पदा निर्माणको सीप तथा ज्ञान र सुरक्षित नेपाल बनाउने महाअभियानबारे आर्जन गरिएको त्यो दक्षता प्राधिकरणले आउने दिनमा नेपाल र नेपालीको जिन्दगीमा कसरी लागू गर्दै छ त ? पुरानो युगमा बनेका ती सम्पदा जसले आजका दिनमा हामीलाई हाम्रो पुस्ताको मुहार दिएको छ, निर्माणको आधुनिक सीप जसमा मौलिकता र पुरातनता अमर रहिरहन्छ, र भावी पुस्ताले आजको हाम्रो मुहार पाउने छ, यस्तो गर्व लाग्दो सम्पदा निर्माणको पाठ कसरी संरक्षण गर्दै छ पुनर्निर्माण प्राधिकरण ? निर्माण सञ्चारसँगको साक्षात्कारमा प्राधिकरण प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञवालीले आफ्नो ‘स्प्रिट’ यसरी व्यक्त गरे– सुनौं र हेरौं भिडियो संवार्ता
०००
प्रकाशित: २०७६ मंसिर ८
प्रतिक्रिया दिनुहोस्