नेपाली समय: ०४:४७:३२ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

निर्माण व्यवसायीको आन्दोलनः दोस्रो दिन पनि प्रधानमन्त्री निवास घेराउ

निर्माण सञ्चार, मंसिर १०, काठमाडौं । म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघ‘एफक्यान’ले मंगलावर विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि (धर्ना) घेराउ गरेको छ ।

सोमबारबाट शुरु भएको उक्त्त धर्ना कार्यक्रमको दास्रो दिन मंगलबार समेत निर्माण व्यवसायीले धर्ना दिएका छन् । धर्ना झण्डै एक घण्टा चलेको होे ।

धर्नामा सहभागी व्यवसायीहरुले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड सहित धर्ना दिइका थिए ।

महासंले माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासिन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनु परेको महासंघले जनाएको छ । 

आन्दोलन अन्र्तगत महासंघले माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्ग अनुसार चरणबद्ध रुपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी  इक्युपमेन्ट सहित सडकमा प्रदर्शन गर्ने, बोलपत्रहरु पूर्ण रुपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने अध्यक्ष सिंहले जानकारी दिएका हुन्  । 

 

यो पनि पढौं 

 


०००



प्रकाशित: २०७६ मंसिर १०
November 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार