नेपाली समय: ०५:०९:३१ बेलुका
वि.सं २०७६ मंसिर २०   शुक्रवार

४ निर्माण कम्पनी सरकारको कालोसूचीमा

निर्माण सञ्चार, १० मंसिर, काठमाडौं । सरकारले फेरि ४ वटा  निर्माण कम्पनी कालोसूचीमा राखेको छ। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढी, श्रीकृष्ण कन्सट्रकसन/त्याडी निर्माण सेवा जेभी बझाङ र ओम श्री ओम इन्टरप्राइजेज मिनभवन रहेका छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ती कम्पनीलाई कालोसूचीमा राखेको हो। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको हो।

पोखरा नगरपालिका, स्वास्थ्य निर्देशनालय डोटी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सम्बन्धीत कार्यायलबाट लेखि आए अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको मंसिर ६ को निर्णय अनुसार कालोसूचीमा राखिएको हो।

तिवारी मेडिसिन डिष्ट्रिव्युटर्स धनगढीलाई २ वर्ष र अन्य तीन कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको हो। 

यसअघि सरकारले अन्य–अन्य निर्माण कम्पनीलाई समेत समयमा काम नगरेको भन्दै कालो सूचीमा राखेको थियो।


०००



प्रकाशित: २०७६ मंसिर १०
November 26th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार