नेपाली समय: ०४:१५:०८ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

फोहोरबाट ग्यास उत्सर्जन गरी सफा नेपाल बनाउन सम्भव छ ?

निर्माण सञ्चार, १३ मंसिर, काठमाडौं । फोहोरबाट मोहोर भन्ने नारा धेरै सुनियो । तर, फोहोरबाट ऊर्जा सम्भव भइरहेको नेपालमा महानगरका सडकहरु हेर्दा लाग्छ नेपाल फोहोर व्यवस्थापन गर्न नै सक्तैन ।

आजका दिनमा यो कुरा सुन्दा पनि लाज लाग्छ । अब फोहोर ऊर्जाको पनि कारक बन्न सक्छ भन्ने उदाहरण नेपालका केही नगरपालिकाहरु नै बन्दै छन् ।

नवीकरणीय ऊर्जाका हकमा काम गर्दै ऊर्जामा विकल्प बाटो समेत दिने धेयले स्थापित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मंसिर पहिलो साता देशका १२ वटा नगरपालिका प्रमुखहरुसँग अन्तरक्रिया सम्पन्न गर्यो ।

सन् २०१४ देखि आरम्भ गरिएको फोहोरबाट ऊर्जा उत्पादन र वातावरणीय व्यवस्थापनको यो पाइला यतिबेला कस्तो अवस्थामा छ त ? आगामी दिनमा केन्द्र कसरी अघि बढ्दै छ ? ऊर्जा मन्त्रालयकै एउटा अंगका रुपमा विकास हुँदै गर्दा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपला विद्युत् प्राधिकरण र मन्त्रालयहरुका काम के कसरी बाँडफाँड हुन जरुरी छ ?

केन्द्रकै मात्र पहलले के नेपालले फोहोर व्यवस्थापन र ऊर्जा उत्पादनमा मुलुकलाई नयाँ क्षितिजमा पुर्याउन सक्ला ? 

प्रस्तुत छ यी र यस्तै विषयमा केन्द्रित भई केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीसँग निर्माण मिडिया नेटवर्कको साक्षात्कार भिडियोः

०००



प्रकाशित: २०७६ मंसिर १३
November 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार