नेपाली समय: ११:५२:२१ राती
वि.सं २०८१ बैशाख १३   बिहीवार

युवा उद्यमशीलताका लागि सहुलियतपूर्ण कर्जाः देशभरमा उद्यमीलाई ऋण दिने बैंकहरुले गरे समझदारी, विदेशबाट सिप बोकेर फर्केका युवालाई ग्राहेता

निर्माण सञ्चार, मंसिर १३, काठमाडौं ।  स्वदेशमा उद्यमशीलता र स्वरोजगारी प्रवर्द्धन गर्न यवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् नेपालसँग नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडले समझदारी गरेका हुन् ।

अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनदानसम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ को प्रभावकारी कार्यान्वयन गर्दै युवा उद्यमशीलता र स्वरोजगारको प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा राष्ट्रिय युवा परिषद् सानो ठिमीका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

कुन कुन कामको लागि पाइने ऋण

कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन बैंकहरुले कर्जा उपलब्ध गर्ने भएको छन्।

समझदारीअनुसार महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनको लागि शैक्षिक ऋण उपलब्ध गराउन, लघु बीमा प्रिमियममा अनुदान दिन तथा भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकहरुले सहयोग गर्नेछन्।

कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि नेपाल सरकारबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत (दोस्रो संशोधन) कार्यविधि, २०७६ जारी गरिएको हो ।

यस कार्यविधिका केही प्रावधानहरु निष्प्रभावी भई लक्षित समुदाय लाभान्वित हुन नसकेका कारण सरोकारवालाहरुसँगको व्यापक छलफलका आधारमा नेपाल सरकारले यो कार्यविधि संशोधन समेत गरेको छ।सहुलियतपूर्ण कर्जा र अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै सरकार र बैंकिङ क्षेत्रबीच उद्यमशीलताका लागि ऋण दिने सहमति भएको छ।

अर्थमन्त्री डा युवराज खतिवडालाई ‘साक्षी’ राख्दै युवा उद्यमशीलताका लागि नेपाल बैंक लिमिटेड, राष्ट्रि वाणिज्य बैंक, कृषि विकास बैंक र एनएमबी बैंकबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेबारे सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् ।

अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।

‘यदि कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्नुहोस्, म कारबाही गर्छु,’ खतिवडाले भने ।

उनले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुलस्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।

कर्जा प्रवाह गर्ने संस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्ने समेत उनको भनाइ छ ।

युवाहरूले बैंकबाट वा अरू कसैसँग सित्तैमा लिनुभन्दा जोखिम उठाएरै सहुलियतको कर्जा लिएर उद्यमी हुन जगरूक हुन आवश्यक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले बैकबाट लिएको कर्जामा खेलवाड नगरी आयमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन दिए ।

उनले बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे

कर्जा दिने बारेमा बैंकर्सहरुको भनाई 

कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण नगरेको भन्ने आक्षेप सही नभएको तर्क गर्दै कर्जा माग गर्ने युवा नै नआएको दाबी गरे ।

उनले आगामी समयमा सबै क्षेत्रमा कर्जा वितरण गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

सहुलियतपूर्ण कर्जा प्रवाह गरी उद्यामशीलता विकास गर्न यतिबेला राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल सहित एनएमबी बैंकले देशव्यापी रुपमा युवा केन्द्रित तालिमहरु दिने भएका छन् ।

 

०००

 



प्रकाशित: २०७६ मंसिर १३
November 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार