नेपाली समय: ०४:१५:३९ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

केशरमहलको प्रबलीकरणको ठेक्का सम्झौता सम्पन्नः आउने २ वर्षमा काम सकिने

निर्माण सञ्चार, १३ मंसिर, काठमाडौं । २०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।

प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरेका छन् ।

जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपियाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरण आउने दुई वर्ष भित्र सकिसक्नु पर्ने छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने जानकारी दिए ।

खानी निर्माण सेवाका प्रमुख रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले आउने हप्ताभित्रै निर्माण कार्य सुरु गरिने समेत बताए ।

परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि, एसडब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रालि जेभी छनौट भएका छन् ।

 

०००



प्रकाशित: २०७६ मंसिर १३
November 29th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार