नेपाली समय: ०४:३३:०१ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

भरतपुर विमानस्थलमा ‘नोटाम’ जारी, रनवे विस्तारका लागि आजैदेखि १० दिन बन्द

चितवन । भरतपुर विमानस्थल आइतवारदेखि १० दिन बन्द हुने नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जनाएको छ । 

‘नोटाम’ जारी गर्दै विमानस्थलको रनवे ओभरले तथा पार्किङ विस्तारका लागि मंसिर २४ गतेसम्म बन्द गरिएको हो । प्राधिकरण कार्यालयले ‘नोटाम’ जारी गरेपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भैरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ ।

विमानस्थल प्रमुख पवन गौत्तमले भने ‘मंसिर १५ गतेबाट १० दिन बन्द गरेर करीव १२ सय मिटरको धावन मार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं’ ।

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रैं अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टैं तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैंया लागत अनुमान गरिएको छ । 



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार