नेपाली समय: ०४:१६:४० अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चर्चामै सीमित, अझै टुंगिएन निर्माण मोडालिटी, किन ?

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म चर्चामै सीमित छ । आयोजना निर्माणपूर्वका तयारीका काम नै अगाडि बढ्न नसक्दा विमानस्थलको काम अघि बढ्न सकेको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईले यो आयोजनाको श्लिान्यास मंसिरभित्र जसरी पनि गर्ने अभिव्यक्ति दिए पनि आयोजनालाई कुनै गति दिन भने सकेका छैनन् । यहाँ रहेको सुकुम्बासी वस्ती स्थानान्तरणको समेत योजना तयार हुन सकेको छैन ।

मन्त्रालयका अनुसार, आयोजनास्थलमा रहेका रूख कटानको खाका तयार भई अहिले मन्त्रालयमा छलफलको चरणमा रहेको छ । तर, वन मन्त्रालयले रूख कटान आदेश भने दिइसकेको छैन । निर्माणको मोडालिटीमा पनि अझै अन्यौल छ । यसबारे लगानी बोर्डसँग छलफल जारी रहेको छ ।

मन्त्रालयले विमानस्थलको साइट कार्यालय र पहिलो चरणको काम अघि बढाउन करिब १ लाख ९५ हजार ५ ठूला र ५ लाख ७५ हजार २ सय ८६ साना गरी कुल ७ लाख ७० हजार २ सय ९१ रूख कटानको प्रक्रिया अघि बढाइदिन गत असारमा वन मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको थियो । उक्त प्रस्तावबारे वन मन्त्रालयले अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन । यो आयोजनाको चर्चा ०५०/५१ सालबाटै सुरु भएको थियो ।



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार