नेपाली समय: ०४:३३:५५ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

कैलालीमा चारकोठाको घरमा आगलागी

निर्माण सञ्चार, १५ मंसिर, कैलाली । कैलालीको घोडाघोडी– ७ करैचामा नरेन्द्रसिंह धामीको घरमा आगलागी भएको छ।

 बच्चाले चुलोमा बालेको आगो खेलाउँदा आगलागी भएको जनाइएको छ। 

आगलागीबाट खरले छाएको काठको चार कोठे घर पुर्णरुपमा ध्वस्त भएको छ। 

आगलागीबाट घरभित्र रहेको अन्न, भाडावर्तन, लत्ताकपडा लगायतका समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

आगलागीबाट कुनै मानविय क्षति भने नभएको बस्नेतले बताए। 

 

०००
 



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार