नेपाली समय: ०४:१५:५४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

दुर्गममा कोर्ष नसकिदै वार्षिक परिक्षा, कोर्ष पुरा भएको रेकर्ड नै छैन !

जुम्ला । कनकासुन्दरी-१ का पुजन कुमार उपाध्याय कक्षा १० मा पढ्छन् । कनकासुन्दरी मा.वि.ले मंसिर ५ गते देखि अर्धवार्षिक परिक्षा शुरु गरेको छ । उपाध्यायले पुरा कोर्ष नपढेरै परिक्षा दिनुपरेको गुनासो गरे । 

आउँदोे चैतमा हुने माध्यामिक शिक्षा परिक्षा (एसईई) मा के लेख्ने भन्ने अन्यौल छ । उनले भने, (विज्ञान र लेखा) विषय बाँहेक अन्य विषयको कोर्ष पुरा भएको छैन् । परिक्षामा लेख्ने ५० अंक ल्याउन पनि मुस्किल हुने भएको छ । 

अर्का विद्यार्थी प्रेमप्रसाद उपाध्यायले भने, परिक्षामा कताबाट प्रश्न आए भनेर अलमलिन्छु । नपढेका पाठबाट आएका प्रश्को उत्तर लेखाँै आउदैन् नलेखौँ परिक्षाफल राम्रो नहुने चिन्ताले पिरोल्ने गरेको छ । 

विद्यालयमा शिक्षक नियमित उपस्थित नहुनु, धेरै विदामा बस्नु, नियमित विद्यायलय नखुल्नु लगायतका कारणले गर्दा कुनै वर्ष पनि कोर्ष पुरा हुदैन् । 

कनकासुन्दरी माविका करिब ५ सय ७० जना विद्यार्थी कोर्ष पुरा नभई वार्षिक परिक्षा दिनुपरेकोमा नतिजा राम्रो आउन नसकेको विद्यार्थिहरुको गुनासो छ् । कनकासुन्दरी विद्यालय र त्यहाका विद्यार्थी एक उदाहरण मात्रै हुन् ।

कर्णालीका विद्यालयमाहरु कुनै वर्ष पनि कोष पुरा हुदैनन्  । जुम्लामा रहेका १ सय ७० विद्यालयमा अध्यायनरत करिब ३० हजार विद्यार्थीको अबस्था यस्तै छ । 

कोर्ष पुरा भएको रेकर्ड छैन
कानकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्र प्रसाद उपाध्यायले शिक्षकको अनुपस्थितले पुरा कोर्ष पढाई नभएको बताए । विभिन्न कामले शिक्षकहरुले विदामा बसेका कारण विद्यार्थी आदा पढ्दै परिक्षामा सहभागि हुनु पर्ने अवस्था आएको हो । तर जुम्लामा कुनै पनि वर्ष पुरा कोर्ष पढाइ भएको रेकर्ड छैन । उनले भने,  यसका धेरै कारणहरु छन् । हाम्रो मात्र समस्या हैन् कर्णालीको समस्या हो । 

यसमा माथिल्लो तहबाटै बहस हुनुपर्छ । कुनैकुनै विषयका कोर्ष पुरा भए पनि, मुख्य विषय गणित, अंग्रेजी, विज्ञान लगाएतका गाह्रो विषयका कोर्ष पुरा हुने गरेका छैनन् । यो समस्याको विषय हो । तर नत अभिभावकहरु आफ्नो छोराछोरीको पठाइ कस्तो भइरहेको छ, भनेर साध्छन्, नत कोहि सरोकारवाला आउँछन् । 

सबैको गैरजिम्मेवारीकै कारण कोर्ष पुरा नहुने गरेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्करवहादुर भण्डारीले बताए । कोर्ष पुरा नभइ जुम्लामा वार्षिक परिक्षा हुने गरेको कुरा स्वीकार गर्दै भण्डारीले दरबन्दी अनुसारका शिक्षक नभएका कारण पनि समस्या भएको उल्लेख गरे । 

उपाय के छ ?

स्थानीय सरकारलेनै शैक्षिक बहस चलाएर यस्ता समस्या समधानका उपायको खोजी गर्नुपर्ने । 
 



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार