नेपाली समय: ०४:१५:१५ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

१३ औं सागको भव्य उद्घाटनः ३ हजार खेलाडी प्रतिस्पर्धा गर्दै

निर्माण सञ्चार, मंसिर १५, काठमाडौँ । दशरथ रंगशालामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) औपचारिक रुपमा सुरु भएको छ । 

उद्धघाटन कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेपका सदस्य सचिव रमेश सिलवाले सम्बोधन गरेका थिए ।

७ देशका ३ हजारभन्दा बढी खेलाडीले यसपालि प्रतिस्पर्धा गर्नेछन् । त्यसमा नेपालको सबैभन्दा धेरै ५ सय ९४ खेलाडी छन् । राष्ट्रिय टिम तयारी समितिका संयोजक रिमबहादुर रानाभाटका अनुसार १ सय २१ जना स्वदेशी र १३ जना विदेशी प्रशिक्षक तथा ५२ जना व्यवस्थापकसमेत गरेर नेपाली टोली ७ सय ८० जनाको छ ।

नेपालमा तेस्रो पटक साग आयोजना भएको हो । सन् १९९४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा आयोजना गरेको थियो ।

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।

 

https://www.youtube.com/watch?v=ykR9KvFnMfk OOO



प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार