नेपाली समय: ०४:५८:१२ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

प्रधानमन्त्रीको स्वास्थ्य सुधारसँगै हिँडडुल गर्न थाले, आइप्याडमै हेरे सागको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । 

प्रधानमन्त्री ओलीलाई गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना गरेर शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनलाई अन्य संक्रमण हुन नदिन आईसीयूमै राखिएको छ । पछिल्लो समय प्रधानमन्त्तीलाई सामान्य हिँडडुल गराइएको छ । केही दिनपछि प्रधानमन्त्रीलाई निजी निवास पठाउने तयारी रहेको चिकित्सकले बताए । 

प्रधानमन्त्री ओलीले आइतबारको दशरथ रंगशालामा आयोजित दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोह आइप्याडमा हेरेका थिए । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म आठपटक डायलाइसिस गरिएको छ । 



प्रकाशित: २०७६ मंसिर १६
December 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार