नेपाली समय: ०४:५९:०८ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

पुल निर्माण गर्न पटके सूचना, घर टहरा भत्काउन शुरु

दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले पटके सूचना प्रकाशन गरी भीमेश्वर नगरपालिका वडा नं.५ मा रहेको तामाकोशी किनारको बस्ती हटाउने काम शुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले उक्त घर टहरा हटाउने म्याद जारी गरेपछि स्थानीयवासी आफैँले घर टहरा भत्काउन शुरु गरेका हुन् । यही मङ्सिर-९ गतेदेखि घर टहरा हटाउन स्थानीयवासी आफैँ लागिपरेको हो ।

आफूहरुले बल प्रयोग गर्नुपूर्व नै घरटहरा हटाउन सहयोग मिलेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।



प्रकाशित: २०७६ मंसिर १६
December 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार