नेपाली समय: ०४:१६:१४ अपरान्ह
वि.सं २०७६ मंसिर २०   शुक्रवार

साग अपडेट: सीनाले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

निर्माण सञ्चार, १६ मंसिर, काठमार्डौं । १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । 

१८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । यो सागमा नेपालको पाँचौं स्वर्ण हो ।

यस्तै तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका थिए । यस्तै ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यस्तै कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि स्वर्ण दिलाएका थिए । यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । 

 

000



प्रकाशित: २०७६ मंसिर १६
December 2nd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार