नेपाली समय: ०१:२६:१२ बिहान
वि.सं २०७६ माघ ४   शनिवार

अर्थमन्त्रीले भने, ‘बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस् सरकारले एक्सन लिनेछ’

निर्माण सञ्चार, १७ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले सहुलियत कर्जा नदिए आफुलाई फोन वा इमेल गर्न आग्रह गरेका छन् । पछिल्लो समय सरकारले ल्याएको युवा लक्षित सहुलियत पुर्ण कर्जा अन्तरगत बैंक तथा वित्तीय संस्थाले कर्जा नदिएको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।

साथै बैंकहरुले पछिल्लो समय सहुलियतपुर्ण कर्जा उपलब्ध गराउँदा सेवाग्राहीलाई झमेला दिने गरेको गुनासो आफु समक्ष आईरहेको जानकारी दिएका छन् । ‘चाहिने कागजात पुगेपनि बैंकबाट कर्जा पाउनु भएन भने मलाई ईमेल वा हट लाईनमा फोन गर्नुस,’ सहुलियतपूर्ण कर्जा सहजिकरण सम्बन्धी कार्यक्रममा उनले भने, ‘हामी यसमा जस्तोसुकै एक्सन लिन्छौं ।’

सहुलियतपूर्ण कर्जा र अनुदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै सरकार र बैंकिङ क्षेत्रबीच उद्यमशीलताका लागि ऋण दिने सहमति कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले आफु सहुलियतपुर्ण कर्जा साक्षी भएको र साक्षी भनेको जमानी भएकाले आफुलाई अफ्ट्यारोमा नपार्नु आग्रह गरेका थिए ।

‘आफु सम्झौताको साक्षी भएको र साक्षी भनेको जमानी रहेको’ उनले भने, ‘सम्झौता कार्यान्वयन नभएमा आफुलाई अफ्ट्यारोमा नपार्नुदिनु होला।’
   
साथै बैंकहरुले पछिल्लो समय सहुलियतपुर्ण कर्जा उपलब्ध गराउँदा सेवाग्राहीलाई झमेला दिने गरेको गुनासो आफु समक्ष आईरहेको जानकारी दिएका छन् । ‘चाहिने कागजात पुगेपनि बैंकबाट कर्जा पाउनु भएन भने मलाई ईमेल वा हट लाईनमा फोन गर्नुस,’ सहुलियतपूर्ण कर्जा सहजिकरण सम्बन्धी कार्यक्रममा उनले भने, ‘हामी यसमा जस्तोसुकै एक्सन लिन्छौं ।’ साथै कार्यक्रममा उनले सरकारले विभिन्न कोषहरु खडा गरेर बैंकको काम गर्न नहुने बताएका छन ।

विभिन्न ४ बैंक र युवा परिषद्बीच सहुलियतपुर्ण कर्जा सम्बन्धी समझदारी कार्यक्रममा बोल्दै उनले विभिन्न कोषको उदाहरण दिँदै सरकारले बैंक बन्न खोजेको बताएका हुन । सरकारले विभिन्न कोषहरु खडा गरेर बैंकको जस्तै काम गर्न खोजे बैंकरप्ट हुनसक्ने सुझाव उनले दिएका हुन ।

अर्थमन्त्री खतिवडाले रोजगार बढानको लागि प्राविधिक शिक्षा विद्यालयस्तरबाट परिवर्तन गरी लैजानु पर्ने बताए । 

‘सिप विनाको शिक्षाले ज्ञान दिन्छ तर रोजगारमा लैजान त्यसले सहयोग नपुर्र्याउन सक्छ’ । उनले भने, ‘ज्ञान संगै रोजगारीको लागि माध्यामिक तहदेखि नै सिटिभिटिको प्राविधिक शिक्षाको स्टिमलाई अगाडी बढाउन धेरै लगानी गरिएको उनले बताए ।

उनले भने, ‘सरकार बैंक बन्न खोज्ने होईन बरु बैंकलाई सहजिकरणको वातावरण सिर्जना गरिदिने हो जसको असर युवा उद्यमीमा परोस ।’ उनले हालका युवापुस्तालाई रोजगारीको सुनिश्चितता गर्नका लागि सरकारले विद्यालय स्तरमा सिपमुलक पाठ्यक्रम समेत राखेको बताए ।

यस्तै उनले नेपालमै उत्पादन भएका बस्तुको बजार खोजीका लागि सरकार लागिपरेको समेत बताएका छन । नेपालमा एकै व्यापार सबैले गर्ने भन्दा पनि छुट्टाछुट्टै व्यापारलाई प्रोत्साहन दिए बजारको पनि अभाव नहुने उनको भनाई थियो ।

रोजागारी नै सामाजिक सुरक्षाको सबैभन्दा बलियो आधार रहेको भन्दै उनले सामाजिक सुरक्षा दिवसको दिनमा भाषण गर्नभन्दा रोजगारीको प्रयासमा हुन लागेको सम्झौता कार्यक्रम राम्रो लागेर आफु सहभागी भएको अर्थमन्त्री खतिवडाले बताए ।

उनले भने ‘सम्पूर्ण बैंकहरुले आफ्नो कुल कर्जा लगानीको १ प्रतिशत मात्रै यस क्षेत्रमा लगानी गर्ने हो भने करिब ३० अर्ब हुन्छ ।’ सरकारले करिब १ अर्ब ५० करोड ब्याज दिने भन्दै जसबाट ६० हजार भन्दा बढी युवालाई स्वरोजगार बनाउन सकिने अर्थमन्त्री खतिवडाको धारणा छ ।

सहुलियत कर्जा बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वभित्र नपर्ने भएपनि सरकारको कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । बैंकहरुको ब्याजदर घट्दै गभएको भन्दै उनले भने ‘बैंकहरुको औषत ब्याजदर साढे ९ प्रतिशत छ । कोहीको ११ प्रतिशत होला, ११ प्रतिशमा २ प्रतिशत प्रिमीयम थप गर्दा १३ प्रतिशत हुन्छ भने ५र६ प्रतिशत ब्याज सरकाले दिँदा ७र८ प्रतिशतमा कर्जा पाइन्छ । व्यवसाय गर्नेको लागि यो ब्याज महँगो होईन ।’ 

मन्त्री खतिवडाले थपे, ‘अब सरकारले पूर्ण अनुदानलाई परिमार्जन गर्दै उत्पादन र उत्पादनको साधनलाई मात्रै अब सरकारले अनुदान दिने हो । चाहे त्यो तालिम होस् वा उत्पादन औजारहरु होस् ।  त्यसको लागि सरकाले अनुदान निति पुनरावलोकन गर्दैछ ।’

 

000


 



प्रकाशित: २०७६ मंसिर १८
December 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार