नेपाली समय: १२:३२:४२ am
वि.सं २०७६ माघ ४   शनिवार

हस्तकला महासंघले गर्यो विश्वविद्यालयको माग

निर्माण सञ्चार, १७ मंसिर, काठमाडौं । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा नेपालको कला, सम्पदा, मैलिकता जोगाउने हस्तकला, पृष्टकला, काष्ठकला जोगाउन सरकारसंग नेपाल हस्तकला महासंघले विश्वविद्यालय स्थापनाको माग गरेको छ ।   

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानलाई देश तथा विदेशमा प्रवर्द्धन गरी पुरातात्विक सम्पदाको पौराणिक अन्तर्राष्ट्रिय रुपमा व्यवसायीकरण गर्ने मेलाको उद्देश्यका साथ मेलाको आयोजना गरिएका महासंघले जनाएको हो । 

उक्त्त मेला भृकुटीमण्डपमा मंसिर १२ देखि सुरु भई १६ गतेसम्म पाँच दिनसम्म चलेको थियो । मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरेका थिए । 

उद्योग वाणिज्य तथा आपर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंको आयोजनामा मेला सुरु भएको हो ।

उक्त्त हस्तकला प्रतियोगीतामा हस्त कला क्षेत्रमा संलग्न कलाकार र कालिगढहरुको प्रतिभा पहिचान, मुल्याकंन एवं नयाँ पुस्तालाई समेत हस्तकला क्षेत्र प्रति आकर्षित  गराउने उद्देश्य हो । 

कार्यक्रममा प्रथमलाई ५० हजार द्धितियलाई ३० हजार र तृतियलाई २० हजार रुपियाँ पुरस्कारको दिइएको हो। मेलामा परम्परागत विधामा १५ जना कालिगढ र समसामयिक विधामा १८ जना कलाकार सहभागि  थियो । 

मेलामा ७७ वटै जिल्ला हस्तकलाको सहभागीता सहित छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल जसमा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु मेलामा  प्रदर्शनमा राखिएको थिए ।

उक्त्त व्यापार मेला तथा १५ औं हस्तकलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसङ्घ, नविल बैंक, नेपाल चेम्बर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासंघको आयोजनामा मेला सम्पंन भएको हो ।

स्वदेशी र विदेशी क्रेता तथा विक्रेताबीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान गर्ने उद्देश्यले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलगायत निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरूको सहयोगमा यो व्यापार मेला आयोजना गरिएको हो ।

 

 

000



प्रकाशित: २०७६ मंसिर १८
December 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार