नेपाली समय: १२:५७:०५ am
वि.सं २०७६ माघ ४   शनिवार

१२ औं निर्माण दिवसः रिद्धिसिद्धि एक्सिलेन्स अवार्ड प्रदान गर्दै ‘एफक्यान’

निर्माण सञ्चार, १७ मंसिर, काठमाडौं । निर्माण व्यवसायी महासंघ ‘एफक्यान’ले निर्माण व्यवसायीको क्षमताको अभिवृद्धि तथा सम्रग वृद्धि विकासको लागि १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ अवसरमा ‘रिद्धिसिद्धि सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड’ गर्ने भएको छ । 
 
महासंघले बुधबार सचिवालयमा संचार साक्षातकार गर्दै यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

रिद्धिसिद्धी सिमेन्टको आयोजनामा एफक्यानले विभिन्न ३६ विधामा रिद्धीसिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ ।

नेपालको निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म/कम्पनीहरुलाई अवार्ड कार्यक्रम मार्फत् महासंघले सम्मान गर्दै आएको छ । 

अवार्ड कार्यक्रममा प्रमुख अतिथिको रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेवाङ सहभागी हुने उक्त्त संचार साक्षातकार जनाइएको हो  । 

नेपाल सरकारका अन्य मन्त्रीहरु, सचिवहरु, विभिन्न विभागका महानिर्देशकहरु सहित देशभरबाट आएका निर्माण व्यवसायीहरुको पनि कार्यक्रममा उपस्थिति रहने अध्यक्ष सिंहले जानकारी दिएका हन्  ।

अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति’ गठन गरिएको महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । 

उत्कृष्ट निर्माण कम्पनी राष्ट्रिय सम्मानमा (क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्ग) को अलग अलग मूल्याङकनका आधारमा स्वर्ण, रजत र काँस्यगरी १२ वटा कम्पनी पुरस्कृत हुने महासंघले बताएको हो ।

प्रदेश महासंघको सिफारिसमा घ वर्गका ७ वटा फर्म /कम्पनी प्रदेशगत रुपमा पुरस्कृत हुने भएका छन् । विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी, भुगोलमा आधारित रही उत्कृष्ट काम गर्ने व्यवसायी, उत्कृष्ट प्रदेश निर्माण व्यवसायी लगायतलाई समेत महासंघले सम्मान गर्ने भएको छ ।

त्यस्तै नेपाल भरका निर्माण व्यवसायीका छोराछोरी मध्येबाट सिभिल इन्जिनियरिङमा उत्कृष्ट हुने विद्यार्थीलाई सोही सम्मान गरिने भएको छ । निर्माण व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई महासंघ गौरव सम्मान प्रदान गरिने छ ।

निर्माण व्यवसायमा उदाहरणीय कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदातृ कम्पनी, उत्कृष्ट निर्माण मैत्री ईन्जिनियर पनि उक्त अवसरमा सम्मानित हुने महासंघले जानकारी दिएको छ ।

निर्माण व्यवसायको क्षेत्र समेटी उत्कृष्ट समाचार सम्प्रेषण गर्ने  टेलिभिजन, दैनिक पत्रिका, रेडियो र अनलाइनलाई पनि अर्वाड प्रदान गरिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसैवर्ष देखि एक विधा थप गरी पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारलाई सम्मान गरिने महासंघले जनाएको छ ।

महासंघले मंसिर २२ गते आइतबार विहान १२ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा प्रभातफेरि सहित दिउँसो महासंघ सचिवालयमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

 

०००



प्रकाशित: २०७६ मंसिर १८
December 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार