नेपाली समय: ०२:०१:३६ बिहान
वि.सं २०७६ माघ ४   शनिवार

अभिभावकद्वारा कालिका अधारभुत विद्यालयमा तालाबन्दी, वार्षिक परिक्षा स्थगित

निर्माण सञ्चार, १९ मंसिर, जुम्ला । हिमा गाउँपालिका – १ कालिका आधारभुत विद्यालयमा अभिभावकले ताला वन्दी गर्दा बार्षिक परीक्षा स्थगित भएको छ ।  शिक्षकको आपसी बिवादको असर विद्यार्थिलाई परेको भन्दै अभिभावकले ताला वन्दी गर्दा बार्षिक परीक्षा स्थगित भएको हो ।

शिक्षकलाई हटाउनकै लागि विद्यालय तालाबन्दी गरी विद्यार्थीको परिक्षा अलपत्र पार्नु अस्वभाविक भएको समेत सरोकारवालाको भनाई छ । 
गत मङ्सिर २ गते गाउँपालिकाले नयाँ पद स्थापना भएका शिक्षकलाई कालिका अधारभुत विद्यालयमा पदस्थापना गराएको थियो ।

उक्त विद्यालयमा कार्यरत शिक्षकलाई अन्यत्र सरुवा भएर जान नमाने पछि पुराना शिक्षकले संचालन राम्रोसँग नगरेपछि विद्यालय ताला बन्दी गर्न बाध्य हुनु परेको स्थानीय तथा अभिभावक पुर्व अखिल क्रान्तिकारीका पुर्व सदस्य रमेश शाहीले जानकारी दिए ।
 

गाउँपालिकामा विद्यालय ब्याबस्थापन सञ्चालन राम्रो भएन भनेर स्थानीय र  ब्यावस्थापन समितिको लिखित तथा मौखिक रुपमै  गाउँपालिकामा डेलिकेसन गएपछि गाउँपालिकाले सरुवा गर्न नमिल्ले र काजमा सरुवा वा खटनपटन गर्ने ब्यबस्था भए अनुसार शिक्षकलाई अर्को विद्यालयमा पठाएको हो ।
 
बिद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यपक दिपबहादुर शाही र शिक्षिका विमला आचार्यलाई कैलाश प्राबि सिमतली  काज सरुवा गराएको हो । कालिका प्राविमा नयाँ पोष्टिङ भएर आएका प्रेम हमाल र बिमला बुढा खत्रीलाई उक्त विद्यालयमा खटाईएको गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत टोपबहादुर बुढाले बताए ।
 
गाउँपालिकाले किन कसरी आफुसँग जानकारी नगराई एकलौटी रुपमा सरुवा गराएकोले आफुहरुको के गल्ती कमोजोरी भएको आफैलाई जानकारी नभै शिक्षा ऐन बिपरित सरुवा गराएकोले आफुहरुले रमना नलिएको शिक्षक दिपबहादुर शाहीले जानकारी दिए ।
 
गाउँपालिकाको निर्णय पनि नमान्य र विद्यालय सञ्चालन पनि राम्रो नगर्ने, गाँउ समाजको मनो भावनालाई ध्यान नदिने र नयाँ आउने शिक्षकको हाजिरी गराएर र पुरानाले शिक्षक रमाना लिए गएपछि मात्र बिद्यालयको ताला खोलिने अभिभावक दन्तबहादुर शाहीले जानकारी दिए । उक्त विद्यालयमा करिव दुई सय बढी विद्यालय अध्ययनरत छन् ।

हिमा गाउँपालिका भरीका सवै विद्यालयमा बुधबार देखि परीक्षा सञ्चालन भएपनि कालिका प्राविको बार्षिक परीक्षा भने स्थगित भएको उनले बताए । उनले भने समस्या समाधानका लागि गाउँपालिका उपप्रमुख हिमाली रोकायाको टोली आएको थियो ।

माग सम्बोधन नभए ताला नखोल्ने स्थानीयको अडान गरेका छन् । शिक्षकको आपसी विबादले गर्दा धरै पटक विद्यार्थीको नियमित पढाईमा समस्या आएको छ  ।
  
कर्णालीका अधिकांस जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने र मङसिरमा  बार्षिक परीक्षा हुने गर्दछ । विद्यालयमा यस्ता समस्याले गर्दा समयमै पाठ्यक्रम नसकिने र पढाई पनि गुणस्तरीय नहुने पाईएको छ ।

 

 

०००
 



प्रकाशित: २०७६ मंसिर १९
December 5th 2019

सागर परियार

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता हुन्