नेपाली समय: ०९:१०:०२ राती
वि.सं २०७७ साउन २४   शनिवार

प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै

निर्माण सञ्चार, १९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिनको उपचारपछि बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्। 

अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ३ बजे डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।  प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेका छन् । उनको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।

 

 

000



प्रकाशित: २०७६ मंसिर १९
December 5th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार