नेपाली समय: १२:३४:५६ am
वि.सं २०७६ माघ ४   शनिवार

अर्थमन्त्रीले गरे बिगमर्जरः ग्लोबल आइएमइ र जनता बैंक गाभिए

निर्माण सञ्चार, २० मंसिर, काठमाडौं । राष्ट्र बैंकले नीति अघि सारे अनुसार अर्थ मन्त्री युवराज खतिवडाले बिग मर्जरको औपचारिक सुरुआत गरेका छन् ।

‘क’ वर्गमा रहेका ग्लोबल आईएमई र जनता बैंक नेपाल गाभिएको घोषणा गरेर अर्थमन्त्री डा युवराज खतिवडाले बिग मर्जर अघि बढाएका हुन् ।


यो मर्जर राजधानीमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले गरेका हुन् । अर्थमन्त्रीद्वारा भएको यो बिग मर्जरसँगै ‘बिग मर्जर’ मर्जर सुरु भएको बैंकर्सहरुको दाबी छ ।

यी दुई वाणिज्य बैंक गाभिएपछि अब नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा सीमित बनेको छ ।


सरकारले बैंकहरलाई मर्जरका लागि भने पनि अन्य वाणिज्य बैंकहरूमा भने यो बाढीले छोएको छैन । पछिल्ला दिनमा ठूला बैंकहरु पनि विकास बैंक र फाइनान्स कम्पनीहरु तर्फ आँखा सोझाइरहेका छन् ।

किनकि, बैंकहरु अत्यधिक मुनाफमुखी हुँदा मर्जर तिर भन्दा पनि फाइनान्स, सहकारी तिर आँखा सोभिन थालेको टिप्पणी पनि छ ।


०००
 



प्रकाशित: २०७६ मंसिर २०
December 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार