नेपाली समय: ११:४१:५४ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

नेपाल–भारत उद्योग वाणिज्य संघ अध्यक्षमा पनि सिर्जना राणा नै, को को भएन चयन ?

निर्माण सञ्चार, २० मंसिर, काठमाडौं। होटेल संघकी अध्यक्ष समेत रहेकी सिर्जना राणा नेपाल–भारत उद्योग वाणिज्य संघको पनि अध्यक्षमा निर्वाचित भएकी छन्। 

संघको बिहीबार भएको २५ औं वार्षिक साधारणसभाले उनलाई चयन गरेको हो । 

आयोजक अनुसार नयाँ कार्यसमितिमा सूर्य नेपालका अभिमन्यु पोद्दार, निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगारिया, हाइड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान, आर बी रौनियार, शिवशक्ति समूहका संचालक सन्दीपकुमार अग्रवाल, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल,  बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर सैवाल घोष, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।


०००



प्रकाशित: २०७६ मंसिर २०
December 6th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार