नेपाली समय: ०७:०३:३८ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

रुखको निहुँमा फेरि निजगढ विमानस्थलमा तगारोः सर्वाेच्चले दियो काम अघि नबढाउन आदेश

निर्माण सञ्चार, २१ मंसिर, काठमाडौं । निजगढ विमानस्थल निर्माण गर्न ५ सय जति रुख काट्न भनी सरकारले गरेको निर्णय विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा अदालतले निजगढ विमानस्थल यथास्थितिमै राख्न आदेश दिएको छ ।

सरकारको सो निर्णय बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रीट दायर भएको थियो । रिटकर्ताले उक्त स्थानको जंगल विनाश हुने भन्दै जंगल क्षेत्रलाई कंक्रिटमा परिणत हुने दाबी सहित उजुरी गरेका थिए ।

सोही रिट उपर अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारका नाउँमा आदेश दिएको हो ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थल निर्माण कार्य अघि नबढाउन अन्तरकालीन आदेश दिएको छ । 

अदालतले सरकार र प्रतिवादी दुबै पक्षलाई छलफलमा पनि बोलाएको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थल निर्माण गर्न ५ सय वटा रुख काट्न सरकारले गरेको निर्णय बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रीट दायर गरेका हुन्।


०००



प्रकाशित: २०७६ मंसिर २१
December 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार