नेपाली समय: ११:१२:२१ बिहान
वि.सं २०७६ माघ ११   शनिवार

‘आवश्यक ऐन परिमार्जन गर्न सरकार तयार छ’ भौतिक मन्त्री नेम्वाङ

निर्माण सञ्चार, २१ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धिसिद्धि सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । 

१२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । 

नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघ–संस्था तथा फर्म÷कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

कुन वर्गमा ककसले पाए अवार्ड ?

ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । 

ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ । 

बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालीले हात पारेको छ । बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो । 

नयाँबाटो निर्माण प्रालिले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । 

डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।  

भूगोल अन्र्तगत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन् । 

उदाहरणीय निर्माण कार्य गर्ने इलिायट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् ।

नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो । 

अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन् । 

नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।

त्यस्तै विदेशी विश्वविद्यालयमा अध्ययन गरी इन्जिनियरिङ संकायमा उच्च अंक ल्याएका शर्मा एण्ड शर्मा कम्पनीका प्रबन्ध निर्देशक तथा महासंघका सल्लाहकार रमेश शर्माका छोरा इन्जिनियर शौरभ शर्मालाई पनि पुरस्कृत गरियो । 

निर्माण व्यवसायको विकास विस्तारमा संचार माध्यम मार्फत् योगदान दिएकोमा सहयोगी टेलिभिजनको रुपमा जनता टेलिभिजन पुरस्कृत हुँदा, सहयोगी दैनिक पत्रिकको रुपमा नेपाल समाचापत्रलाई पुरस्कृत गरिएको छ । 

त्यस्तै सहयोगी रेडियोतर्फ रेडियो थाहा र अनलाइनमा क्यापिटल नेपाल डटकपलाई पुरस्कृत गरिएको छ । 

पूर्वाधार विकास तथा निर्माण सरोकार सम्बन्धी समाचारहरुलाई उच्च प्राथमिकता दिई सम्प्रेषण गर्ने पत्रकारका रुपमा न्यूज २४ का नवराज चालिसेलाई पुरस्कृत गरियो । 

त्यस्तै सहयोगी प्रायोजकको रुपमा शंकर ग्रुप अन्र्तगतको जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्राइभेट लिमिटेड पुरस्कृत हुँदा उत्कृष्ट कन्सल्टिङ कम्पनीको अवार्ड एमएस बिल्डिङ डिजाइनका इन्जिनियर खेम डल्लाकोटीले जितेका छन् । 

महासंघ सचिवालयमा लामो समयअघि देखि कार्यरत केदारनाथ पोख्रेललाई पनि सो अवसरमा सम्मान गरियो । 

अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा ‘पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति’ गठन गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मुलुक समृद्ध बनाउने ठूलो जिम्मेवारी निर्माण व्यवसायीको काँधमा आएको बताए । 

व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको भन्दै मन्त्री नेम्बाङले आवश्यकता अनुसार नीति नियम परिमार्जन गरिने जानकारी दिए ।

राज्यले उत्कृष्ट कार्य गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउने मन्त्री नेम्बाङको भनाइ थियो ।  

कार्यक्रमलाई महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, लगायतले पनि सम्बोधन गरेका थिए ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घिसिद्घि सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा अवार्ड कार्यक्रम आयोजना गरिएको हो । 

०००


 



प्रकाशित: २०७६ मंसिर २१
December 7th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार