
युनाईटेड फाईनान्सको एकै साथ सात शाखा संचालन
निर्माण सञ्चार, २१ मंसिर, काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले आज एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी तथा धरानमा गरी सात वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले आज एक समारोहका बिच गरेका हुन्।
अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकहरुबाट सम्पन्न गरिएको हो ।
यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेत देखि पूर्वमा ईलाम सम्म २२ वटा पुगेको छ । यसका साथै युनाईटेड फाईनान्स पूजीं तथा शाखा संजालका हिसावले देशको सबै भन्दा ठुलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।
सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ ।
फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको छ ।
गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७।५६ प्रतिशत नगद लाभं वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।
०००
प्रकाशित: २०७६ मंसिर २२
प्रकाशित: २०७६ मंसिर २२
December 8th 2019
प्रतिक्रिया दिनुहोस्