नेपाली समय: ०७:४९:१७ बिहान
वि.सं २०७७ साउन २१   बुधवार

पर्यटनमन्त्रीले गरे वायुसेवा सञ्चालकबीच छलफल

निर्माण सञ्चार, २३ मंसिर, काठमाडौं । वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन आग्रह गरेका छन । 

वायु सेवा सञ्चालकसंगको छलफलमा मन्त्री भट्टराईले सहयोगको आह्रवानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् । 

सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरुका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपाल’का पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए । 

छलफलमा मन्त्री भट्टराईले भ्रमण वर्षको तयारीको बिषयमा जानकारी दिदै यसलाई  सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका हुन् ।

मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई भ्रमण वर्षको सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गरे ।

भ्रमण वर्षको उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि उनले अनुरोध गरेका हुन् । 
वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्षलाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता गरे ।

उनले संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको बिषयमा सुझाव समेत राखेका थिए । उनले भ्रमण वर्षको अवधीभर निषेधित क्षेत्रमा हेलीकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका थिए । 

काठमाडौंदेखि रामेछापसम्मका बाटो स्तरोउन्तीको लागि उनले अनुरोध गरे । छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रा.लिका योगराज कडेल शर्मा लगायतले भ्रमण वर्षलाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने बताए ।

विदेशी विशिष्ट व्यतित्व र सेलीब्रेटीहरुलाई छुट दिने बिषयमा पनि छलफल भएको थियो । यसको बिषयमा ठोस कार्ययोजना तयार पार्नका लागि भ्रमण वर्षको सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएका छ । 

उक्क्त छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, भ्रमण वर्षको सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थियो । 

पछिल्लो एक साता यता मन्त्री भट्टराईले भ्रमण वर्षको बिषयमा छलफललाई तिब्र बनाएको छन् । 
मन्त्री भट्टराईले १८ मंसिरमा नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग नेपाल भ्रमण वर्षको बिषयमा छलफल गरेको थिए । 

यसैगरी सोही बिषयमा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरुसँग छलफलको आयोजना गरेका थिए । 

 

 

000


 



प्रकाशित: २०७६ मंसिर २४
December 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार