नेपाली समय: ०८:३८:२८ pm
वि.सं २०७७ साउन २४   शनिवार

अनुदानका सोलार बिक्रि प्रकरणः जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख ठगी भएकोे खुलासा

निर्मााण सञ्चार, २४ मंसिर, जुम्ला । जुम्लाका विपन्न दलित तथा जनजातीलाई अनुदानमा वितरण गर्नुपर्ने सौर्य बत्ती जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख ठगी गरेकोे खुलासा भएको छ ।

कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत विपन्न दलित तथा जनजातिलाई पूर्ण अनुदानमा बाँड्नुपर्ने सोलार सेट चर्को रकम असुलेर बिक्री गरिएको थियो ।

अनुदानका सोलारमा ठगी भएको कुरा बाहिरीएसंगै जुम्लामा दलित समुदाय एकजुट भएर रकम असुली संगै कार्वाहिको माग गर्दै ठाउँठाउँमा धाएका थिए ।
 
ऊर्जा प्रर्वद्धन केन्द्रले जुम्लामा निःशुल्क वितरण गर्न पठाएका २ हजार २ सय १ सेट सोलार बेचिएपछि यो अनियमितता सार्वजनिक भएको हो ।

विभिन्न चरणका छलफल तथा बहसबाट अन्नत जनप्रतिनिधिकै मिलेमत्तोमा अनुदानका सोलारबाट रकम असुलेको खुलेपछि विषय झनै चर्चा पाएको हो ।

अनुदानका सोलार सेट बेचेर जुम्ला चन्दननाथ नगरपालिका भण्डारीबाडाका मीनबहादुर मल््लले ३३ लाख ३ हजार रुपियाँ असुलेका थिए ।
 
जनप्रतिनिधिको मिलेमतोमा दलित जनजातीले अनुदानको सोलार बुझ्दा प्रति सेटको १५ सय रुपियाँ तिर्नुपर्ने सिफारिस बनाएर व्यापारी मल्लले लाखौं असुलेका थिए ।

उर्जा प्रर्बदन केन्द्रबाट सोलार वितरणको जिम्मा सीआरसी कम्पन्नीले पाएपछि आफ्नो एजेन्ट मीनबहादुरलाई सोलार वितरण गर्ने जिम्मा दिएको थियो ।
 
सोलामा ठगी भएपछि, ठगीएको भन्दै उजुरी गर्दा छलफल गर्दा दोषि ठहरी सकेपछि पनि राजनीति आडमा पैसा फिर्तामा निकै कठिनाइ भएको थियो ।

यता सिआरसि कम्पनीका निर्देशक भरत मल्लले अनुदानको सोलार बिक्री गर्नु सरासर ठगी भएको सृकार गर्दै व्यापारी मीनबहादुरले कम्पनीकै बदनाम गरेको बताए ।

‘स्थानीय तहको सिफारिस र हाम्रो सहमतिनुसार व्यापारी मीनबहादुरलाई सोलार वितरण गर्ने जिम्मा मात्रै दिएका थियौं । उनले भने, ‘तर जनप्रतिनिधिकै मिलेमतोमा रकम असुल्ने सिफारिस बनाएर ठगियो ।’

व्यापारी मल्लले भनेकै आधारमा जनप्रतिनिधिले आँखा चिम्लेरै नबुझि सिफारिस दिनु सरासर मिलेमत्तो हो । सोलारबाट रकम लिनेबारे कम्पनीसँग कुनै सहकार्य नभएको उनले दाबी गरे।सोलार वितरण गरेबापत सेवा सुविधा मीनबहादुरले कम्पनीबाट दिएका छन् ।

जनप्रतिनिधिको पनि मिलेमतो

मीनबहादुरले जनप्रतिनिधिसँग मिलेर अनुदानका सोलार लिँदा १५ सय बुझाउनुपर्ने पत्र बनाएपछि स्थानीयले रकम तिर्न बाध्य भएका थिए ।

पत्र देखाउँदै प्रति सोलार उनले १५ सयमा विक्रि गरेर सबै सेट वितरणबाट ३३ लाख ३ हजार रुपैयाँ ठगी गरेका हुन् ।
 
सबै खर्च कम्पन्नीले दिदा पनि जडान, मर्मत, वारेन्टी र वितरणमा दुःख गरेबापत स्थानीयकै सहमतिमा १५ सय रुपैयाँ लिएको मीनबहादुरका भाइ नन्दबहादुर मल्लले स्वीकार गरे ।

‘हामीले असुलेको रकम केही जनप्रतिनिधिले नपाएको झोंकमा घटना सार्वजनिक गरेका हुन । उनले भने, ‘जनताबाट असुलेको रकम जनप्रतिनिधि र नेतालाई घुस दिएको भए कुरा बाहिरिदैन थियो’ उनले बताए ।

उनले भने, ‘अहिले हामीलाई मात्रै सबैले दोषी भन्छन्, तर हचुवाको भरमा १५ सय उठाउनु भनेर सिफारिस दिने जनप्रतिनिधिलाई अनुसन्धानको घेरामा ल्याइयोस’ मल्लले आग्रह गरे ।
 
जनप्रतिनिधिकै सिफारिसमा हामीले रकम उठाएका हौ । ढिलोचाडो असुलेको रकम स्थानीयलाई नै फिर्ता गर्ने नन्दबहादुरको भनाइ छ ।

सोलार वितरण गर्दा रकम लिन पत्र दिने जनप्रतिनिधिको भने मल्लले ्नाम बताउन अस्वीकार गरे ।

चन्दननाथ नगरपालिका सहित तातोपानी, तिला र गुठिचौरका वडाध्यक्षहरुले सिफारिस दिएका हन्  ।

हाम्रो साझा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रामचन्द्र नेपालीले अनुदानको सोलारमा ठगी गर्नेविरुद्ध मुद्दा हाल्ने तयारी भएको बताए । यसमा संग्लन जनप्रतिनिधि देखि व्यापारी, कम्पनीलाई समेत कानुन अनुसार कार्बाहि गरेरै छाड्ने दाबी गरे ।

जनप्रतिनिधि भन्छन्, व्यापारीले हामीलाई झुक्याइयो

नागरिकता संकलन गर्दा, सोलार वितरण गर्दा व्यापारी मीन बहादुर मल्लले एक पटक पनि अनुदानका सोलार हुन नभनेको जनप्रतिनिधिको दाबी छ ।

प्रतिसोलार बाट १५ सय रकम लिन सिफारिस गर्ने जनप्रतिनिधिले आफूहरूलाई झुक्याएर व्यापारी मीनबहादुरले पत्र लिएको आरोप लगाएका छन्। मीनबहादुरले एउटा वडामा अर्को वडाको पत्र देखाउँदै सिफारिस लिने गरेका थिए ।
 
तातोपानी गाउँपालिकाका वडाध्यक्ष डिल्ली रावलले नागरिकता संकलन गर्दा ५० प्रतिशत अनुदान भनेको र पछि वितरण गर्दा ढुवानी,जडान खर्च भन्दै, १५ सयको सिफारिस दिन लगाएको बताए ।

शुरूमै शंका लागेपनि सस्तोमा सोलार पाउँदा स्थानियको उत्साह देखेर, व्यापारी मल्लको सोझोपन देखर सिफारिस दिएको उल्लेख गरे ।

यताफ चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले भने, ‘सुरुमा कुन वडाले सिफारिस दियो त्यो त थाहा छैन तर मकहाँ आउँदा अर्को वडाको सिफारिस देखाएपछि नियमानुसार सोलार वितरण गर्न भनी पत्र काटेको थिए ।

अरुले वडाध्यक्षले १५ सय तिर्न सिफारिस दिएपनि आफुले मात्रै नियमानुसार वितरण गर्न भनेको दाबि गरे ।
 
एकपछि अर्को वडालाई झुक्याएर सबैबाट सिफारिस पत्र लिदै आएका ठग व्यापारी मल्लले सिफारिस लिदा जनप्रतिनिधिलाई ठगेको थाहा पाएनौ, गुठिचौर गाउँपालिका ५ का वडाध्यक्ष चन्द्रबहादुर नेपालीले भने, व्यापारीले आतेजाते भाडा र सोलार मर्मत, जडान तथा वारेन्टीका लागि १५ सय लिनुपर्ने सिफारिस मागेपछि हामीले पत्र दिएका हौ ।
 
आफै सिफारिस गर्न लगाउने अहिले हाम्रै मिलेमत्तो भन्नेलाई कार्बाहि गर्न जनप्रतिनिधिको दबाब छ ।

चारै स्थानीय तहका जनप्रतिनिधिहरु आफुहरुलाई झुक्याएर सिफारिस लिएको हो । यसमा आफ्नो कुनै संग्लनता नरहेको बताउँछन् ।

असुलेको मध्य १७ लाख फिर्ता

अनुदानमा ठगी गरेको ३३ लाख मध्य १७ लाख ८१ हजार रकम फिर्ता भएको छ । व्यापारी मल्लले चन्दननाथ नगरपालिकाको १५ लाख गुठिचौर ५ को २ लाख ८१ हजार रकम फिर्ता गरेका छन् ।

भने अझै १६ लाख रकम फिर्ता गर्न बाँकी छ । यता चन्दननाथ नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक अप्सरादेवी न्यौपानेका अनुसार जनप्रतिनिधि झुक्याउने, नागरिकलाई ठग्ने अहिले जनप्रतिनिधिको पनि मिलेमत्तो छ भन्ने सबै निराधार बोलेको दाबि गरिन् ।
 
शुरुमा १५ सय तिर्न भनी सिफारिस दिने को वडाध्यक्ष हो ? त्यसको नाम पनि भन्नू पर्ने, कसले पैसा मागेको थियो नदिदा घटना बाहिर ल्यायो त्यसको नाम पनि भन्नू पर्ने उपमेयर न्यौपानेको भनाई छ ।

नत्र आफु फसिसकेपछि जनप्रतिनिधिको चरित्रहत्या गर्न खोजेको हो । उनले थपिन, नाम सार्वजानिक गरेफसिधै कार्बाहि हुने दाबि गरिन् ।
 
व्यापारी मल्लले शुरुमा सिफारिस दिनको नाम, पैसा माग्ने मिलेमत्तो सिफारिस दिने जनप्रतिनिधिको नाम उल्लेख नगेरेमा उनलाई कालोमसो लगाउने चेतावनी दिएको छन् ।
 
यता दलित विपन्नको लाखौ पैसा ठगी भैईरहेको छ । तर अहिले जनप्रतिनिधि र व्यापारी तथा सिआरसि कम्पन्नी बीच आपसमा जुहारी चलिरहेको छ ।

 

 

000



प्रकाशित: २०७६ मंसिर २४
December 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार