नेपाली समय: १२:०३:५० राती
वि.सं २०७६ माघ ११   शनिवार

४० लाख लागतमा गाउँपालिकाले बनायो आवासीय विद्यालय, अनाथ तथा विपन्न बालबालिकालाई राहत

निर्माण सञ्चार, मंसिर २५, जुम्ला । कालिकोट पलाता गाउँपालिका ७ का वीरबहादुर बमको बुवाको निधन भयो । पेटको बिरामी बुवा उपचार नपाइ मृत्यु भएपछि बम साहरा बिहिन बने । बुबाको मृत्यु भएपछि स्कुलको लागि कापी कलम जुटाउन पनि निकै कठिन थियो । 

आमाको कमाइले खाना खर्च पनि पुग्दैनथ्यो । स्कुल गएर राम्रोसंग अध्ययन गर्ने उनको सपना हिमा गाउँपालिकाले साकार बनाइदिएको छ । दुई वर्षअघि स्थानीय सरकारले आफ्नै लगानीमा एक आवासिय विद्यालय स्थापना भएपछि उनले पनि पढ्न पाएका हुन् ।
१० वर्षका बम अहिले अहिले कक्षा २ मा पढ्छन् ।
 
हिमा गाउँपालिका बड्कीका अनिशकुमार शाही एक बर्ष नपुग्दै अनाथ भए । एक नपुग्दै उनकी आमा बितिन्। आमाको मायाबाट बञ्चित उनले राम्रो शिक्षा, दिक्षा पाउन सकेका थिएनन्। सधै घरकै काममा खटाइन्थ्यो ।स्कुल जाने मन हुदा हुँदै पनि मनमा रहर गुम्साउदै बस्नु पथ्र्यो । तर हिमा गाउँपालिकाले अहिले स्कुलमै बस्ने, खाने, पढ्ने र सुत्नेसहितको व्यवस्था गरेपछि उनी निकै खुसी छन् ।
 
उनले भने आवासिय विधालयमा खाने बस्ने पढ्ने व्यवस्था त छदैछ । एक नपुग्दै खोसिएको आमाको माया ‘शिक्षक, शिक्षिकाबाट पाइराखेको छु ।उनले ठूलोे भएपछि नेपाली सेना भएर देशको रक्षा गर्ने इच्छा भएकोले यो विद्यालयले त्यो इच्छा पुरा गर्ने आशा ब्यक्त गरे ।
हिमा पातारखोला गाउँकी रमिता अधिकारीका बुबा तत्कालिन जनयुद्धकालमा प्रहरी र बिद्रोही माओवादी बीचको दोहोरो भिडन्तमा मारिए ।

 घरमा एक्लो आमा मात्र छन्। उनी भक्कानिदै भन्छिन्,‘बुबालाइ देख्न पाइन । बुबाले छोराछोरीप्रति खेल्ने भुमिका बारेमा पनि कुनै अनुभव छैन, तर आवशिय विद्यालयमा आइपुगेपछि शान्तिको सास फेर्न थालेकी छु । अनिश, रमित र बम बहादुर मात्र हैन्, आर्थिक अभाव,विपन्नताका कारण पढ्ने रहर मनमा गुम्साउदै गरेका करिब ५२ जना बालबालिकालाई आवासिय विधालयले राहत पुगगेकोे छ ।
 
स्थानीय सरकार आएपछि महत्वपुर्ण जनमुखि कामका रुपमा हिमा गाउँपालिकाले आासिय विद्यालय संचालनमा ल्याएकोे हो । केही महिना पहिलादेखिनै संचालन हुँदै आएको आवासिय विधालय सोमबार औपचारिक उद्घाटन गरिएको छ ।

जुम्लाको हिमा गाउँपालिकाले आफ्नो लगानीमा आवशिय विद्यालय खोलेपछि यहाँका टुहुरा, आर्थिक रुपमा निकै बिपन्न र असाहय बालबालिकालाइ राहत मिलेको छ गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले बताए ।

 अहिले विद्यालयमा ५२ जना बालबालिकाले अध्ययन गरि राखेका छन्। जुम्लाको हिमा, तिला र सिँजा गाउँपालिका र कालिकोटका पलता,खाँडाचक्र,महावै र तिला गुफा नगरपालिकाका बालबालिका आवशिय विद्यालयमा  आएर पठनपाठन गरिरहेका छन्। उनीहरुलाई चाहिने कापि कमल, पोशाक, झोला, खाने बस्ने सबै विद्यालयले व्यवस्था गरेको छ ।

अहिले विद्यालयले कक्षा तीन सम्म सञ्चालित छ । माथिल्लो कक्षा अध्ययन गर्न कालिका आधारभूत विद्यालयमा समन्वय भइरहेको छ । आवासको सुविधा आवशिय विद्यालयलयले गर्नेछ । पठनपाठन कालिका आधारभुत विद्यालयमा हुनेछ ।

यहाँ पढ्न लेख्न राम्रो प्रबन्ध छ।बालमैत्री वातावरणमा पठनपाठन भइरहेको छ। यो विद्यालयमा अंग्रेजी माध्यमबाट समेत पढाइ चलिरहेको छ । हिमा गाउँपालिका अध्यक्ष शाही गरिब, विपन्न, असाहय, टुहुरा बालबालिकाको भबिष्य निर्माणको लागि आवासिय विद्यालय खुलेको बताउँछन् । 

गाउँपालिकाले बनायो ४० लाख लगानीमा विद्यालय

जुम्लाको हिमा गाउँपालिकाले कर्णालीका ७९ वटा स्थानीय तहमध्यकै नमुना काम गरेको छ । शिक्षालाई प्रथामिकता दिदै अनाथ विपन्न बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनको लागि विधालय स्थापना गरेको दुई वर्षमा करिब ४० लाख लगानी भईरहेको उपाध्यक्ष हिमाली रोकायाले बताए ।

पुरानो सामुदायिक स्वास्थ्य इकाइको भवनमा स्कुल चलिरहेको छ । नयाँ संरचना निर्माणको लागि गाउँपालिकाले थप बजेट बिनियोजन गरिसकेको छ । 

४० लाख बजेट बालबालिकाको खाने,बस्ने, लगाउने कापि कलम मा मात्रै ठिक्क छ । अझै थप लगानि गरिने उल्लेख गरिन् ।
 शिक्षा क्षेत्रमा काम गर्ने गैसस संग समन्वय गरि आबश्यक लगानी भित्राउने लक्ष्य रहेको समेत उनको भनाई छ ।

विधालयमा जनयुद्ध तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका बालबालिका पनि अध्ययनरत छन्। दन्द पिडितका बालबालिकालाई शिक्षा दिनु अलि भएपनि विगतको घाउमा मलम लगाउनु हो ।

शिक्षाबाट बञ्चित बालबालिकाका लागि यो विद्यालय खुलेकोले अब यहाँका बालबालिका शिक्षा क्षेत्रबाट बञ्चित नहुने अभिभावक बताउँछन् ।
गाउँपालिकाले दुइ जना शिक्षक राखेको छ। दुइ जना भान्से,एक जना कार्यालय सहयोगी,एक जना स्टोर किपर राखेको छ। विद्यार्थीको नियमित स्वास्थ्यचेक पनि हुन्छ ।

यसवर्ष विद्यालयको घेराबार,भवन,खानेपानी तथा शौचालय बनाउने तयारी भइरहेको छ । यो विद्यालयलाइ सिँजा क्षेत्रकै नमुना विद्यालय बनाउने गाउँपालिकाले जनाएको छ । विद्यालयमा ५२ जना बालबालिका छन् ।
 
जसमा ३० जना छात्र र २२ जना छात्रा । विद्यालयमा विद्यार्थी निकै अनुशासित छन् । अन्य सामुदायिक तथा सरकारी विद्यालय भन्दा पढाइ निकै गुणस्तरको छ । विद्यालयको अहिलेको संरचना अपांगमैत्री छ। बालमैत्री संरचना निर्माण भएका छन् ।

विद्यालयलाई राजनीतिक दलको सहयोग

कर्णालीमै पहिलो पटक स्थापना भएको हिमा आवशिय विद्यालयको उत्थानका लागि राजनैतिक दलले साथ दिने जनाएको छन् । आफ्नो क्षेत्रबाट लाग्दोपुग्दो साथ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष वीरबहादुर कुँवर आवशिय विद्यालय खोलेर हिमा गाउँपालिकाले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने अपेक्षा रहेको बताए । उनले भने,‘यो कर्णालीमा भएका स्थानीय तह मध्य एक मात्र उदाहरणीय कार्य हो ।

 यो कार्यप्रति सबै राजनीतिक दल सकरात्मक छन ।’ विद्यालयको उज्वल भविष्यको लागि सहयोग गर्न तत्पर व्यवस्थापन, भौतिक संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकार संग पहल गर्ने बताए ।
  
विद्यार्थी नेता अमरजंग शाहीले आवशिय विद्यालयबाट उत्पादित जनशक्ति निकै गुणस्तरिय र अनुशासित हुनेमा जोड दिए । उनले विद्यालयको आर्थिक, भौतिक र व्यवस्थापकीय क्षेत्रमा सकेसम्मको साथ दिने बताए।  आवशिय विद्यालय खुलेपछि स्थानीयले सिंहदरवार गाउँमा पुगेको अनुभुति गर्न थालेका छन ।
 
 गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानीको स्थानीय स्तरमा उच्च प्रसंसा भइरहेको छ । विद्यालयको नेकपा अध्यक्ष वीरबहादुर कुँवर नेतृत्वको टोलीले अनुगमन गरेको थियो । हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले अन्य विद्यालय भन्दा यो विद्यालय हरेक हिसावले फरक हुने बताइन । विद्यालयमा सबैले साथ दिने बचन दिएकोले निकट भविष्यमै स्तरउन्नती कार्य पनि अघि बढ्नेमा जोड दिइन्। 

प्रत्येक बर्ष २० देखि २२ जना असाहय बालबालिका विद्यालयमा भर्ना हुनेछन । यता गैससका क्षेत्रबाट पनि आवासिय विधालयको स्तरउन्तीका लागि आबश्यक पहल गर्ने अध्यक्ष अम्मर रोकायाले बताए ।

०००
 



प्रकाशित: २०७६ मंसिर २५
December 11th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार